ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुन : शाक्य निर्वाचित ।

आर्थिक रुपमा विपन्न परिवारका सदस्यहरुको उपचारमा सक्रिय ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मूल नारासहित स्थापित शान्ति कोषको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम, द्धितिय उपाध्यक्ष खम थापा, सचिव लोकेश पुन मगर, कोषाध्यक्ष विनय श्रेष्ठ, सह–सचिव सन्दिप खत्री, सह–कोषाध्यक्ष नरेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरूमा सन्तोष गौतम, सचिन शाक्य, डक बहादुर रोका, दिपक श्रेष्ठ र दिलकुमारी पुन रहेका छन् । चारजना सदस्य पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ । निर्वाचित पदाधिकारी र सदस्यलाई मुख्य निर्वाचन अधिकृत राजकुमार थापा, अधिकृत दिलिप पुन र अधिबक्ता प्रकाश सुबेदीले प्रमाणपत्र वितरण गरेका थिए । साधारणसभा तथा अधिवेशनको प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका थिए ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १ करोड ८९ लाख ८२ हजार ८७६ रुपैयाँ आर्थिक संकलन गरी विभिन्न अभियानमा विरामीलाई उपचार गरेको छ। कोषको अक्षषकोषमा जम्मा भएको आर्थिकबाट प्राप्त ब्याज २६ लाख ५१ हजार६७६ रुपैयाँ समेत विरामीको उपचारमै खर्च गरिएको कोषका सचिव पुनले बताए ।

कोषको हालसम्म ८४ लाख ४९ हजार ५ सय ३२ रुपैयाँ मुल कोष रहेको छ । कोषमा ७ सयको हाराहारीमा आजिवन सदस्य रहेका छन् । अधिवेशनको अवसरमा स्वर्गीय ओमकुमारीकी आमाय इन्द्रकली पुनको समेत उपस्थिती रहेको थियो । २ करोडको अक्षय कोष स्थापना गरी म्याग्दीका आर्थिक विपन्नको उपचारमा सहयोग गर्ने योजना सहित कोषलाई विश्वभरबाट सहयोग प्राप्त भइरहेको छ ।

बेनिअनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: