एनआरएन जापानको सचिव पदमा टिकाराम खरेलको उम्मेदवारी ।

एनआरएन जापान (२०१९-२०२१ ) कार्यकालको सचिव पदमा टिकाराम खरेलले  उम्मेदवारी  दर्ता गर्नु भएको छ । सचिव पदका आकांक्षी खरेलले सार्वजनिक गर्नु भएको वक्तव्य ——

जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजु-भाइ,दिदि-बहिनीहरुमा
नमस्कार।

बिगत लामों समय देखि जापानको नेपाली समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निरन्तर संम्पर्कमा रहि बिभिन्न सामाजिक कार्यहरुमा यथासक्य सहयोग गरिरहेको कुरा यहाँहरुलाइ अवगत नै छ। जापानमा पर्बेस भए सगैँ नेपालीहरुको साझाँ संस्था NRNA जापानमा पनि एक सक्रिय सदस्यको भुमिकामा रहदै आएको छु। नेपाल फेस्टिबल लगायत NRNA जपानले गर्ने अन्य बिभिन्न कार्यक्रमहरुमा मैले देखाएको सक्रियता र विभिन्न समयमा प्रत्यक्ष वा परोक्ष रूपमा बिभिन्न संघ,संस्थामा रहि काम गरेको अनुभबलाइ अझ प्रभावकारी ढङ्गले नेपाल र नेपाली समुदायको हितमा लगाउने मेरो इच्छा छ। साथै सामाजिक,आर्थिक र भावनात्मक सम्बन्धले समुदायलाई अझै अगाडि बढाउछ भन्ने मेरो मान्यता पनि रहेको छ। जुन सुकै सुख,दु:ख,आपत,बिपतमा पनि सदैव यसरी समाजमा आबद्द भइ काम गर्न र आफुलाई अझ प्रभावकारी रूपमा समाजको हितमा लगाउनको लागि आउदै गरेको NRNA जापानको निर्वाचनमा “सचीव” पदमा आफुलाइ उभ्याउन गइरहेको कुरा यहाँहरुलाई अवगत गराउदछु।


आशा छ सदा झै यहाँहरुको माया र सद्भाव म माथी रहनेछ र आउने सेप्टेम्बर ८ मा हुन लागेको निर्वाचनमा मेरो उमेद्वारीले तपाइहरुको मन जित्ने छ।
अन्त्यमा,यहॉहरुको सहयोग,सुझाब र सल्लाहको अपेक्षा गर्दछु।
धन्यवाद।

भबदिय
टिकाराम खरेल
सचीब पदका
उमेदवार
NRNA जापान
राष्टिय समन्वय परिषद
(२०१९-२०२१)

Leave a Reply

Scroll to Top
%d bloggers like this: