जापानमा एक नेपाली विद्यार्थीको आकस्मिक निधन, शब नेपाल पठाउन सहयोगको अपिल

अध्ययनका लागि जापान आएका एक नेपाली युवाको उपचारको क्रममा आकस्मिक निधन भएको छ । निधन हुनेमा बर्दिया जिल्ला घर भई जापानको कानागावा केनमा बसोबास गर्दै आएका २९ बर्षिय रामहरी घिमिरे रहेका छन् ।

उनको जापानको कानागावा केन स्थित चुरिनकाई हस्पिटलमा उपचार हुँदैगर्दा मंगलबार राती निधन भएको हो ।

मृत्युको एकिन कारण आइनसकेको र प्रहरी रिपोर्ट बुझ्ने काम भईरहेको बताईएको छ । प्राप्त विवरण अनुसार प्रदेश नम्वर ५ बर्दिया नगरपालिका ६ मगरागडी घर भएका घिमिरेको उपचारको पेटको क्रममा निधन भएको हो ।

अकस्मात पेट दुखाईको समस्या आएपछि अस्पताल भर्ना गरिएका घिमिरेको मंगलबार राती २ बजे निधन भएको हो ।मृतक घिमिरेको परिवारजनको सल्लाहमा शव नेपाल पठाईने तयारी भएको छ ।यसको लागि आवश्यक रकम संकलनको काम भईरहेको जनाउँदै बाँके बर्दिया मैत्री समाज जापानले सहयोग रकम संकलन गरिरहेको छ । समाजले निम्न बैंक खातामा आफुले सक्दो सहयोग रकम जम्मा गरिदिनुहुन सम्पूर्ण जापानवासी नेपालीहरुमा अनुरोध समेत गरेको छ ।शब नेपाल पठाउनका लागि ८ लाख जापानी येन लाग्ने जानकारी समाजले गराएको छ ।

बैंकको नामः जापान पोष्ट बैंक
खाता नम्बरः 10120-93983651
खातावालको नामः バンケ バルディア ユウコウギョウカイ

बाँके बर्दिया मैत्री समाज

सहयोगको लागी बिनम्र अनुरोध ।

बबारबर्दियानगरपालिका वडा नं ६ मगरागडी बर्दिया (प्रदेश नं ५) बाट अध्ययनको सिलसिलामा जापान आई जापानको कानागावा केनमा बसोबास गरि अध्ययन गरिरहनु भयको २९ बर्षिय Ramhari Ghimire ज्यूँ को पेट दुखाइको समस्याले हस्पिटल भर्ना Churinkai Hospital Kanagawa मा हिजो राति २ बजे निधन हुनु भयको खबरले हामिलाई स्तब्ध बनायको छ
उहाको पार्थिव शरीर लाई नेपालसम्म पुराउनको लागी लगभग ८ लाख जती रकम आवस्यक रहेकोले तपाई हामि सबैको सहयोग अनिवार्य छ ।
जे जति सकिन्छ आ-आफ्नो तर्फबाट सहयोग गरिदिन हुन हामी बाँके बर्दिया मैत्री समाज जापानको तर्फबाट बिनम्र अनुरोध गर्दछौं ।

नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: