एनआरएन जापानको वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङको उम्मेदवारी घोषणा ।

एनआरएन जापानको आसन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महिला उपाध्यक्ष अनिता गुरुङले उमेद्दवारी घोषणा गर्नु भएको छ ।

वरिष्ठ उपाध्यक्षकी आकांक्षी गुरुङले प्रस्तुत गरेको आफ्ना भनाइ —-

सम्पूर्ण जापानबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा
सादार नमस्कार ।
म अनिता गुरुंग, एन आर एन ए को अभियानमा जोडिएर सामाजिक कार्यहरूमा हात बढाउदै जांदा कार्यसमितिको सदस्य , महिला संयोजक,हाल महिला उपध्याक्ष रहदै आएकी छु ।तर केहि समय यस अभियानमा हिड्दै गर्दा पनि सामाजिक कार्यको सिमाहरू कोरिन खोज्दा लगभग ७ महिना जति खुलेर कामकाज गर्नबाट बन्दिज हुन पुगे । तर अभियानका अग्रजहरू, साथीभाईहरू, सम्पूर्ण शुभचिन्तकहरूको अपार साथ, सहयोगले पुन: संस्थामा जोडिन पुगे। यहाँहरू प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।
यसै क्रममा एन आर एन ए को २०१९-२०२१ कार्यकालको लागि आसन्न अधिवेशन नजिकिदै गर्दा मेरो शुभ चिन्तक ज्युहरूको कौतुहल बढि नै भएको हुंदा र प्रदेशी भुमिमा रहुन्जेल यहाँहरू संग नजिक भई सामाजिक अभियानमा पहिला झै जोडिरहनको लागि महिला दिदी बहिनीहरूलाई प्रोत्साहन गर्दै म आफु यस कार्यकालको लागि बरिष्ठ उपध्याक्ष पदको उम्मेद्वार घोषणा गर्दछु । सदा झै यहाँहरुको न्यानो साथ र सहयोग अपेक्षा राखेकी छु ।
धन्यवाद ।

अनिता गुरुंग
(बरिष्ठ उपाध्यक्षको उम्मेद्वार २०१९-२०२१ कार्यसमिति एन आर एन ए , जापान । )

Leave a Reply

Scroll to Top
%d bloggers like this: