जनउद्धार केन्द्र मलेसियाद्वारा दोश्रो वार्षिक उत्सव तथा तीज विशेष कार्यक्रम भब्यताका साथ सप्पन्न ।

जनउद्धार केन्द्र मलेसियाले एक कार्यक्रमका बिच आफ्नो दोस्रो वार्षिक उत्सब तथा तीज विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।।

मलेसियाका लागि नेपालि राजदुत महामहिम उदयराज पान्डे प्रमुख अतिथी रहेको सो कार्यक्रम पेनाङ्ग राज्यको बुकित मिर्ताजाम (BM) स्थित द सुमिट होटलमा भएको थियो। नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थाले चेलीबेटी लगायत उपस्थित सबैलाई दर खुवाएको थियो । गतबर्ष पनि यसैगरी दर खाने कार्यक्रम आयोजना गरेको थियो।

संस्थाका अध्यक्ष केशु थापा सभापती रहेको उक्त कार्यक्रममा दर्जनौं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। साथै कार्यक्रममा स्थानीय कलाका हरुले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।

बालकृण आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा मनु राईले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन  ।  कार्यक्रम संचालक गरेका संस्थाका सचिब शंकर देब आचार्यले कार्यक्रमलाई मन्तव्यहरुको बिच-बिचमा साहित्य बाचन/ गीत/ नृत्य समेत प्रस्तुत गराई अत्यन्तै रोचक बनाएका थिए।

कार्यक्र मा बोल्दै राजदुत पान्डेले परदेशमा श्रमिक संगठन खोलेर संगठित हुनु अत्यन्तै जरुरी छ । एकतामा बल हुन्छ भन्ने भनाई राख्दै – श्रमिक हितमा खुलेका संघ संगठनलाई दूतावासले प्रोत्साहन र सहयोग गर्ने बताउनु भयो । अर्का अतिथी बाणिज्य दुत दातो हुवान चंग ग्वानले मन्तव्यको क्रममा पेनाङ्ग, आसपास केडाहा र ताईपेङ्ग सम्मका नेपाली श्रमिकहरुले समस्यामा परेको बेला आफुलाई सम्झन सक्ने र आफुलाई नेपालीहरुको बिचमा बसेर काम गर्दा रमाइलो लाग्ने गरेकोले जनउद्धार केन्द्रलाई सहकार्य गरेर अगाडि बढ्ने प्रस्ताव समेत गरेका छन ।

संस्थाका बरिस्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ , मगर संघ पेनाङ्गका युबराज राना, प्रबासी कलाकार मन्चका दिपक कुमार यादब, उदाउँदो तारा साहित्य समाज पेनाङ्गका दिप दर्शन शाही र कमला कार्की लगाए ले मन्तब्य राखेका थिए।  केन्द्रका कोषाध्यक्ष देबेन्द्र गिरिले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम समापनसंगसंगै आफ्नो मन्तब्य राखेका केन्द्रका अध्यक्ष केशु थापाले आफुले रोपेको बिरुवा आज दुई बर्षमै बयस्क बनेको जस्तो अनुभुती भएको बताए भने विभिन्न नाममा खोलिएका संघ संस्थालाई एक अर्कोलाई गिराएर, बदनाम गर्ने कोसिस गरेर, खुट्टा तानेर होइन हातेमालो गरेर अगाडि बढौं भन्ने आबहान समेत गरेका छन।

जनउद्धार केन्द्र मलेसियाको यस कार्यक्रममा सम्पुर्ण रुपमा सहयोग गर्ने संस्थाका सदस्य क्षेत्रीय कमिटीहरु , सम्पर्क समितीहरु शुभचिन्तक सबैलाई हामी धेरै धेरै धन्यवाद दिन चाहान्छौं । यहाहरु सबैको साथ सहयोग र मेहनतले जनउद्धार केन्द्रले स्थापनाको छोटो समय मै उल्लेख्य कार्य गर्न सफल भएको छ।

जनउद्धार केन्द्र मलेसिया

Leave a Reply

Scroll to Top
%d bloggers like this: