एनआरएनए जापानको महासचिवमा – वर्तमान सचिव जनक बिक्रम शाहीले उम्मेद्धारी दिने ।

गैरआवासीय नेपाली संघको यतिबेला विश्वभरि नै चुनावी माहोल तातिरहेको छ । यसैबिचमा गैरआवासीय नेपाली संघ जापानको ( २०१९-२०२१ ) कार्यकालको लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । महासचिव पदमा वर्तमान कार्यसमितिका सचिव समेत रहनु भएको जनक विक्रम शाहीले उम्मेदवारी दिने जानकारी दिनु भएको छ ।

शाही बाँके बर्दिया मैत्री समाजको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।  शाहीले आफु उम्मेदवारीका लागि विभिन्न  प्रतिवद्दता सार्वजनिक गर्नु भएको छ ।

जनक बिक्रम शाहीको प्रतिबद्दताहरु :-
१) हरेक २ बर्षमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को फारम भरी पून सदस्य बन्नु पर्ने झन्जटको अन्त्यगर्न विशेष प्रणालीको सुरुवात
(मेरो सबैभन्दा प्रमुख लक्ष रहनेछ )
२) आपतकालिन तथा द्रुत सहायता संयन्त्रको तयार साथै गैर आवाशीय नेपाली संघ सहयाेग नम्वर ( फोन नम्बर) को व्यवस्था
३) नि : शुल्क कानूनी परामर्स सेवाको सुरुवात
४) विद्यार्थी, दक्ष कामदार (कुक, ट्रेनी भिजा तथा अन्य रोजागारमा संगलग्न) नेपालीहरुको लागी बृहत्तर सहयोगको निम्ती संयन्त्रको सुरुवात
५) संस्थाको कोष बृद्धिकाे निम्ति काेष बढाउने समितिको स्थापनाका साथै प्रविधिको उपयोग
६) एनआरएनए जापान युवा नेतृत्व पुरस्कारको सुरुवात साथै महिला सशक्तिकरण बारेमा ठोस कदम
७) एनआरएनए जापान सम्मेलनको सुरुवात
८) जापानको केन्द्र तथा स्थानीय सरकार संग सम्पर्क तथा समन्वय को लागी राजदुतावास, अग्रज सामाजिक
अभियान्ताविचको समन्वयमा विशेष संयन्त्रको स्थापना
९) नेपाल फेस्टिवल आयोजनाको प्रक्रियामा स्तरउन्नति का साथै नेपालको पर्यटन तथा सांस्कृतिक प्रवर्धन को निम्ति
स्वतन्त्र संयन्त्रको तयार
१०) जापानी तथा नेपाली व्यवसायीहरुको संयूक्त सम्मेलन
११) सीप, ज्ञान तथा आविस्कार सम्बन्धि विभिन्न क्षेत्रका बिषय बिज्ञहरुको सहभागितामा स्वतन्त्र खोज तथा आविष्कार संयन्त्रको तयार
१२) जापान स्थित बिभिन्न खेलका दक्ष खेलाडीको पहिचान र सबन्धित खेलमा सहभागिताका साथै अभिबृद्दीमा जॊड
१३) शिक्षा, स्वास्थ्य तथा सुरक्षा सम्बन्धि हरेक क्षेत्रमापनि जनचेतनामुलक कार्यक्रमा जोड का साथै निवर्तमान कार्यसमितिका कार्यहरुको निरन्तरता
१४) नेपाली दूतावास तथा स्थानीय संघ संस्था संग समन्वय का निम्ति स्वतन्त्र संयन्त्रको तयार
१५ ) एनआरएनए क्षेत्र र केन्द्रको समन्वयमा प्रविधिको भरपुर उपयोगमा जोड
१६) नेपाल भ्रमण वर्ष २०२० को निम्ति सुझाव तथा सहायोग समितिको स्थापना
“सबैको साथ सबैको सेवा”

Leave a Reply

Scroll to Top
%d bloggers like this: