ललित लिम्बुको श्रद्दान्जली कार्यक्रम सम्पन्न ।

कतार –धनकुटा सेवा समाज कतार र प्रदेश नम्बर १ समन्वय परिषद कतारले सामाजिक कार्यमा क्रियासिल ललित ललित लिम्बुको श्रदान्जली कार्यक्रम कतारमा सम्पन्न गरेको छ । ललित दोहाका विभिन्न नेपाली सामाजिक सघ सस्थामा आबद्ध हुनुहुन्थ्यो ।

धनकुटा सेवा समाज कतारका कार्यबाहक अध्यक्ष डिल्ली कुमार सुबेदी को सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, धनकुटा सेवा समाज कतारका सस्थापक अध्यक्ष, बर्तमान सम्रक्षक तुलसी सुबेदी, प्रदेश नम्बर १ समन्वय परिषद कतारका उपाध्यक्ष दुर्गा प्याकुरेल, कावा महासचिव निरन नेपाल, सल्लाहकार टीबी कार्की, सल्लाहकार चाणक पोख्रेल, धनकुटा सेवा समाज कतारका मानार्थ सदस्यद्वय दिलकिरण खजुम र केश गुमर्छन मगर, धनकुटा सेवा समाज कतारका सल्लाहकार डि एन मगर, पुर्ब अध्यक्ष दुर्गा तामांग, पाचथर सेवा समाज कतारका अध्यक्ष खडानन्द बास्कोटा, कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष बिश्वबन्धु थापा, समाजसेवी बुद्दिजिबि – सागर नेपाल, तेज कटुवाल, इश्वोर काफ्ले, बिनोद भट्टराई, बालकृष्ण भित्रीकोटी, कुमार खड्का, दिपजंग शाह लगायत धनकुटेली तथा गैर धनकुटेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा १ मिनेट मौन धारण गरि पूर्व अध्यक्ष ललित लिम्बु र वहाको धर्मपत्नी टिका कुमारी थापा लिम्बु को चिर शान्तिको कामना गर्दै वहाहरुको तस्विरमा माल्यार्पण गरि श्रदान्जली अर्पण गरिएको थियो । १३ बर्ष देखि कतारमा कार्यरत लिम्बु इदको छुट्टी मनाउन गत ११ अगस्ट २०१९ मा समुन्द्रमा पौडी खेल्ने क्रममा कतारको अलखोर भन्ने स्थानमा पानीमा डुबेर मृत्यु भएको थियो । श्रीमानको निधनको खबर सुनेपछि लिम्बुको धर्मपत्नी टिका कुमारी थापा लिम्बुले नेपालमा झुन्डिएर आत्महत्या गर्नु भएको थियो । टीका ७ महिनाको गर्भवती हुनुहुन्थ्यो । मृतकहरुको शबलाइ लिम्बू परम्परा अनुसार धनकुटा सांगुरिगढ़ीमा दाहसस्कार गरिएको थियो ।

कार्यक्रममा धनकुटा सेवा समाज कतारका सस्थापक अध्यक्ष, बर्तमान सम्रक्षक तुलसी सुबेदी स्व ललित लिम्बु को व्यक्तित्वको बारेमा बताउनु भएको थियो । प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, सल्लहकार चाणक पोखरेल, टीबी कार्की, सल्लहाकार तथा धनकुटा सेवा समाजका मानार्थ सदस्य दिल किरण खजुम लगायतले शोक मन्तब्य राख्दै मृतक प्रती श्रदान्जली व्यक्त गर्दै लिम्बुले कतारमा रहदा नेपाली समुदायहरुलाइ गर्नु भएको कार्यहरुको चर्चा गर्नु भएको थियो ।

मुग्लानि खबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: