प्रधानमन्त्री ओलीलाई भतिजको पत्र– रवि लामिछानेलाई रिहा गरिदिनुस् हजुरको कद उचाे हुनेछ

देवेन्द्र ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काका सम्बोधन गरेर लेखेको सार्वजनिक पत्र :

आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्बादको खाचो छ हजुरलाई। बिरोधी वा बिपक्षी दल वा कुनै भुपु शक्ती संग आबद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन। उनिहरुलाई होच्याएर, चिढ्याएर, अपमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो नत देशमा सम्बृद्धी नै आउने हो। हजुर नेपालको सबै जनसंख्या र बिदेशमा रहेका उनिहरुका परिवार को अभिभावक पो हो त।

आलोचना र बिरोध गरेकै भरमा असहिष्णु बन्नु पक्कै पनि राजनेतालाई सुहाउदैन। देश र जनतालाई प्रतक्ष्य राहत हुने गरी कार्ययोजनालाई अगाडी बढाई, अरु केही चाहिदैन वाईड बढी घोटला ,सुनकाण्ड र निर्मला पन्तको वास्तविक अपराधीलाई कारबाही गरी देशमा शुसासन शुरु भएको संदेश मात्र दिनुहोस हजुर को क्रेज र महत्व नाकाबन्दिको समयको भन्दा कैयो गुणा बढी हुनेछ। अझ सक्नुहुन्छ भने चितवन त फोन गरेर रबि लामीछाने लाई रिहा गराईदिनु भयो भने हजुरको अझ कद उचो हुनेछ। यती मात्र होईन धमिलो पानिमा माछ मार्न सकिन्छ की भनेर जुरमुर्याउदै गरेका प्रतिगमनकारीहरुले नि ठाउ पाउने थिएनन।

उपचारको लागी सिंगापुर जादै हुनुहुन्छ पुर्ण रुपमा स्वास्थ्य लाभ को कामना गर्दछु। हजुर फर्कदा हजुरको स्वास्थ्य र देशको अवस्था दुबैमा पुर्ण सवल र सक्षम बनोस । शुभयात्रा!

CanadaNepal

Leave a Reply

Scroll to Top
%d bloggers like this: