यस्तो बन्यो नेकपामा नयाँ समीकरण, को कता ?

भदौ ३, २०७६

काठमाडौं–सत्तारुढ नेकपाभित्र पार्टीमा नयाँ ध्रुवीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, प्रचण्ड, र माधव नेपाल) भएपनि एजेण्डागत निर्णयमा दुई धार देखिँदै आएको छ ।

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो।



बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ।

सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्। नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ। अन्न्पूर्ण पोस्टमा खबर छापिएकोछ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: