दिनभर तनावमा चितवन : निषेधित क्षेत्र घोषणा गरेर रवि र युवराजलाई सुटुक्क बयानमा लगियो

  • शरद आचार्य \ सुरेन कुँवर

चितवन २ भदौ । न्यूज २४ टेलिभिजनका टिभी जर्नलिष्टद्वय रवि लामिछाने र युवराज कँडेल पक्राउ परेको विरोधमा समर्थकहरुले सोमबार पनि दिन प्रर्दशन गरे । प्रर्दशनको आज चौथो दिन जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरको चौवीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थिए ।

निषेधित क्षेत्र घोषणा भएपनि समर्थकहरुले चौविसकोठीमा आजदिन भरजसो नाराबाजी गरेका थिए । उनीहरुले निष्पक्ष छानविन हुनुपर्ने भन्दै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले सर्मथकहरुलाई लाठी बर्साएको थियो ।

 

प्रदर्शनका क्रममा दुई पटक दोहोरो झडप समेत भएको छ । लाठी चार्जबाट एक दर्जन समर्थक घाइते भएका छन् । सोही क्रममा प्रहरीले ७ जना सर्मथकहरुलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यायलय चितवनका अनुसार उनीहरुलाई थप अनुसन्धानका लागि कार्यालयमा राखिएको छ ।
यसैबी पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ लामिछानेसहित तीन जनाको आज पनि बयान लिइएको छ । लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालय पु¥याइ आज बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो ।

साभार News24

Leave a Reply

Scroll to Top
%d bloggers like this: