जनउद्धार केन्द्र मलेसियाको दोस्रो साधारणसभा सम्पन्न

मलेसिया ( क्वालालम्पुर )  । मलेसियामा प्रथम पटक दर्ता भएको नेपाली बैधानिक संस्था जनउद्धार केन्द्र मलेसियाले आफ्नो बार्षिक दोस्रो साधारण सभा सम्पन्न पछि नयाँ कार्यसमिति चयन गर्न सफल भएको छ ।

मलेसियामा दुई बर्ष अगाडी मात्र केशु थापाको नेतृत्वमा स्थापना भएको जनउद्धार केन्द्र पेनाङ्ग नामक संस्थाले आजको चरण सम्म आइपुग्दा मलेसिया सरकारको निति नियममा रहि वैधानिक तौरतरिकाले काम गर्न सक्ने गरि मलेसियामा “सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसिया” नाममा दर्ता भइ सकेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताएका हुन ।

विशेष गरि संस्थाको मुख्यतया कार्य भनेको जेलमा बन्दी जीवन सकाएर घरफिर्ती केन्द्रमा रहेका पिडित र अस्पतालले डिस्चार्ज गरिसकेको लगायत सिकिस्त बिरामीको लागि सहयोग गर्ने उद्देश्य राखेको संस्थाले विभिन्न पिडामा परेका आफ्ना नेपाली श्रमिकहरुलाइ उद्धार गर्दै पीडितको मर्का र समस्या लाइ बुझेर श्रमिकहरुको समस्यामा परिस्थिति अनुसार हल गर्दै आईरहेको छ ।

हप्तैपिच्छे मलेसियाका विभिन्न जेल र घरफिर्ती केन्द्र को अबलोकन गरि त्याहाँ रहेका दाजुभाइ दिदिबहिनी हरुको समस्या प्रत्येक्ष सुनेर बुझेर समाधानको मार्ग खोजी-खोजी उद्धार गर्दै आईरहेको छ ।

मलेेसियामा संस्था स्थापना भएको छोटो समयमा नै श्रमिकहरु संँग-सँगै रहेर काम गर्दै आईरहेको जनउद्धार केन्द्र, मलेसियामा श्रमिक हरुको पहिलो रोजाईको संस्था हुन पुगेको छ । श्रमिकहरुका समस्यामा सकेसम्म आफै समाधान को बाटो खोज्ने र जटिल अवस्थामा नेपाली दूतावास मलेसिया सँग भरपुर सहयोग लिएर काम गर्दै आईरहेको छ ।

मलेसियामा च्याउ जसरी उम्रीएका संघ संस्थाको बिचमा यो संस्थाले आफ्नो छुट्टै पहिचान बनाएको कुरा यहाँका श्रमिक हरुले बताउँने गरेको छ्न । श्रमिकहरुको हितमा काम गर्नको लागि बिना हिच्घिचाहट कुनै पनि कसुर बाँकी नछाड्ने कुरा अध्यक्ष केशु थापा बताउछन । यसरी  श्रमिकहरुको लागी अहोरात्र खटिएको जनउद्धार केन्द्र ले १८ अगस्त २०१९ का दिन बार्षिक अधिबेशन गरि २८ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको हो । संस्थाले साधारण भेला द्वारा सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गर्न सफल भएको हो ।

संस्थाको केन्द्रिय अध्यक्षमा लगातार तेस्रो पटक केशु थापा नै चयन भएका छन । यसैगरी वरिष्ठ उपाध्यक्षमा पुर्व उपाध्यक्ष शेरबहादुर श्रेष्ठ,उपाध्यक्षमा हरि न्यौपाने, रुप बहादुर टन्डन र कमल खड्का रहेका छन भने सचिवमा दोश्रो कार्यकालको लागि पुन: शंकर देव आचार्य चयन भएका छन । सह-सचिवको जिम्मेवारी बालकृष्ण आचार्यले पाएका छन भने कोसाध्यक्षमा पुन: देबेन्द्र गिरि चयन भएका छन । यसैगरी अतिथिको रुपमा निमन्त्रणा गरिएको भएपनी हरि न्यौपाने उपाध्यक्ष र बिनोद कुमार परियारले केन्द्रिय सदस्यको पदभार ग्रहण गरेको छ्न भने केशव घिमिरे र थिर बहादुर कटुवाल लाई केन्द्रिय सल्लाहकारमा राखिएको भेलाले जानकारी गराएको छ ।

सोही कार्यक्रममा सक्रिय सदस्यहरुलाई प्रमाणपत्र र उत्कृष्ट कार्य सम्पादन गरेको आठजना लाई मायाँको चिनो समेत प्रदान गरिएको थियो । ८० जनाभन्दा बढी सदस्य हरुको उपस्थिति रहेको अधिवेशनमा सबैले जनउद्धार केन्द्रमा जोडिन पाउँदा खुशी व्यक्त गरेका थिए ।

संस्थापक अध्यक्ष केशु थापाको सभापतित्वमा भएको युक्त भेला तथा साधारणसभा कार्यक्रममा शेर बहादुर श्रेष्ठको स्वागत मन्तव्य सहित देबेन्द्र गिरि, हरि न्यौपाने, बिनिता श्रेष्ठ, रुप टन्डन श्याम तामाङ्ग , शंकर बस्नेत, बिनोद परियार र हरि परियारले आफ्ना बिचार र मन्तव्य राखेको थिए । कार्यक्रम केन्द्रिय सचीव शंकर देव आचार्यले संचालन गरेका थिए ।

साभार बर्दिया टाइगर

Leave a Reply

Scroll to Top
%d bloggers like this: