बाँदर नियन्त्रणका लागि सरकारसँग माग

 

भदौ २, २०७६
ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले ओखलढुंगासहित देशभरका किसानलाई पीडित भईरहेका बेला जंगली जनावर बाँदरले दुःख दिएको भन्दै बाँदर नियन्त्रणका लागि आग्रह गरेका हुन्।

तीन दिन अघि जिल्ला सदरमुकाममा कृषि ज्ञानकेन्द्रको आयोजनामा भएको एक कार्यक्रममा ओखलढुंगाका किसानले बाँदर आंतक बढेको भन्दै नियन्त्रणका लागि पहल गर्न सांसदसँग माग गरेका थिए। कानुनले जंगली जनावार बाँदर मार्न नपाईने भएकाले सरकारी स्तरबाटै नियन्त्रणका लागि पहल गर्ने किसानलाई आश्वासन दिएका सांसद सुनुवारले संसद बैठकबाटै सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले पत्रकार शालिकराम पुडासैनीको शंकास्पद मृत्यु प्रकरणलाई गम्भीरतापूर्वक छानविन गर्न माग समेत गरेका छन्। बाँदरले खेतबारीमा लगाएको अन्नबालीमा क्षति गर्न थालेपछि ओखलढुंगाका अधिकांश क्षेत्रका किसान समस्यामा छन् । आफुले नियन्त्रण गर्ने सम्भावना नरहेपछि बाँदरको समस्या बोक्दै किसानहरु प्रशासन, स्थानीय सरकार र सांसद गुहार्न बाध्य भएका छन्।

किसानहरुले बाँदरकै कारण सयौ रोपनी जग्गा बाझै राख्न बाध्य समेत धएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: