मोनाको विश्व सम्मेलनको तयारी सुरु , सम्मेलन चिरपरिचित पर्यटकिय स्थल घोडेपानीमा हुने ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । अक्टोबर (१-३ ) सम्म म्याग्दीको अन्नपूर्ण गाऊँपालिका घोडेपानीमा भव्य रुपमा सम्पन्न गर्ने गरि तयारी सुरु भएको मोना अन्तराष्ट्रिय कार्यसमितिका सचिव विक्रम कार्कीले सीबी खबरलाई जानकारी दिनु भएको छ ।

पर्यटकिय रूपमा सबैमाँझ परिचित बन्दै गएको घोडेपानीमा सम्पन्न हुने महाधिवेशनले पर्यटन वर्ष सन २०२० लाई पनि विशेष सहयोग पुग्ने उद्देश्यका साथ यसपटकको महाधिवेशन घोड़ेपानीमा गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ । 

३ दिनसम्म चल्ने तेस्रो महाधिवेशनमा १९ राष्ट्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । यस तेस्रो महाधिवेशनले २०१९-२०२१ कार्यकालको लागि नयाँ कार्यसमिति पनि चयन गर्ने सचिव कार्कीले जनाउनु भएको छ । 

Leave a Reply

Scroll to Top
%d bloggers like this: