अलबिदा सुभद्रा अधिकारी / पशुपति आर्यघाटमा रहेको विद्युतिय शव गृहमा उनको दाहासंकार गरियो ।

नेपाली चलचित्रकी सफल कलाकार सुभद्रा अधिकारीको आज निधन भएको छ । उनको आफ्नै निवास डल्लुमा निधन भएको हो । उनी, केही समयदेखि निमोनिया रोगबाट ग्रसित थिइन् । उनको ७२ बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । पशुपति आर्यघाटमा रहेको विद्युतिय शव गृहमा उनको दाहासंकार गरियो ।

अधिकारीले आँखा दान समेत गरेको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रका केही कलाकार पशुपति आर्यघाट पुगेका थिए । साथै, पर्यटन मन्त्री योगेश भट्टराई पनि पशुपति आर्यघाट पुगे । उनले नेपाली कला क्षेत्रमा सुभद्रा अधिकारीको योगदान अतुलनिय रहेको बताए ।

सुभद्रालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा लगायत पशुपति आर्यघाट पुगेका थिए । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र कलाकार संघको कार्यसमिती टिम पनि पशुपति आर्यघाट पुगेको थियो ।

सुभद्राले अभिनय गरेका दर्जनौ चलचित्र सफल छन् । चलचित्र ‘भाउजु’मा काम गरेपछि उनलाई चलचित्र क्षेत्रकी भाउजु भनेर समेत चिनिएको थियो । उनले अभिनय गरेका ‘काठमाण्डु, मसान, शासन, बाटो मुनिको फुल, किस्मत, दोस्ती, मनको बाँध, बासुदेव, माया प्रिती, बेहुली, पिरती, कन्यादान, चिनो, कस्तुरी, सपना, भाउजु, स्वर्ग, कर्जा’ लगायतका थुप्रै चलचित्र सफल छन् ।

नेपाली कला र नाटकको क्षेत्रमा अतुलनिय योगदान पुर्याएकी चर्चित कलाकारको निधनले यो क्षेत्रलाई ठूलो क्षती भएको छ । सुभद्रा अधिकारीले चलचित्र र नाटक क्षेत्रमा लगाएको गुन यो क्षेत्रले कहिले पनि विर्सने छैन । अदबिदा सुभद्रा अधिकारी…

तस्वीरः शंकर गिरी

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: