जापानका व्यबसायी महेशकुमार श्रेष्ठद्वारा एनआरएनए आइसीसी कोषाध्यक्षमा उम्मेदवारी दिने ।

गैरआवासीय नेपाली संघ (एनआरएन) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने चर्चा सुरु भएको छ । श्रेष्ठ जापानका एक सफल व्यबसायीका रूपमा परिचित छन ।  एनआरएन अभियानमा निरन्तर लागिरहेका श्रेष्ठ एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् ।

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् । जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, SBI CITY EXPRESS GLOBAL का निर्देशक समेत रहेका उनी जेएनएन एग्रो कम्पनी का डाइरेक्टर पनि हुन् ।

यसैगरी नेपालमा वैंक, फाइनान्स, ट्राभल्स एण्ड टुर, IT company, Export Import company, विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेका उनको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रियता रहेको छ । वैदेशिक लगानी समन्वय र अनुगमन समितिका सदस्य रहिसकेका उनी हाल एनआरएन आईसीसीको केन्द्रीय सदस्य रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: