यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ

 

९ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षिय विष्णुहरी पराजुली पक्राउ परेका हुन् ।

पराजुलीले साउन ६ गते सोहि स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पिडित परिवारको उजुरीपछि मंगलबार दिउँसो गाउँबाटै पक्राउ गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

स्थानीय मिल नजिकै दुव्र्यवहार गरेको तर बलत्कारनै भने नभएको प्रहरीले जनाएको छ । आरोपित पराजुलीलाई मंगलबारनै जिल्ला अदालत पर्वतवाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

उक्त घटना यस अघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भएपनि पिडित परिवारहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिनुभयो । आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका हुन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: