एक्कासी किन आइजीपी खनाल त्रिभुवन विमानस्थलमा

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् । बिहीबार दिउँसो एक्कासी विमानस्थल पुगेका आइजीपी खनालले विमानस्थलको सुरक्षाका बारेमा जानकारी लिएका हुन् ।

दिनदिनै विमानस्थलबाट स्वदेशी तथा विदेशी नागरिकले सुन तथा अवैध सामान तस्करीको समाचार आइरहेका बेला सोबारे बुझ्न आइजीपी खनालले अकस्मात विमानस्थलको निरीक्षण गरेका हुन् ।

अनुगमनको क्रममा आइजीपी खनालले विमानस्थलमा सुरक्षा व्यवस्था सुदृढ र सुव्यवस्थित गर्न निर्देशन दिए । उनले चेकजाँचको क्रममा निर्दोष नागरिकलाई दुख नदिन पनि आग्रह गरे। अनलाइनपाना

Leave a Reply

Scroll to Top
%d bloggers like this: