कतारको दोहामा कलाकारलाई सम्मान ( फोटो फिचर )

सन्तोष क्षत्री ( दोहा कतार) – नेपालबाट कार्यक्रमको लागि कतार आइपुगेका कलाकारलाई मंगलबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
बागलुङ सेवा समाज कतार र बिश्वकर्मा सेवा समाज कतारले संयुक्त रुपमा चर्चित कलाकार प्रकाश सपुत, योगेस काजी र मोडल रिमा काउछा मगरलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका अध्यक्ष, कतारका संरक्षक एवं समाजसेवी होमनाथ शर्माले कलाकारले नेपालको कला र संस्कृतिको संरक्षण गर्दै सम्पुर्ण नेपालीलाई एकतामा बाध्ने हुँदा सबैले उनिहरुको सम्मान गर्नुपर्ने बताए । बागलुङ जिल्ला आफैमा कलाकारको उर्वर भुमि रहेकोमा आफुहरुलाइ गर्व लाग्ने गरेको भन्दै शर्माले बागलुङ सेवा समाज कतारले पनि कलाकारलाई निरन्तर हौसला र सम्मान प्रदान आइरहेको बताए ।

सम्मान ग्रहण गरेपछि बोल्दै कलाकारहरुले प्रदेशमा रहेर पनि आफ्नो ब्यस्तताको बिच नेपाली गित संगीत प्रतीको मायाले आफुहरुलाइ सधै हौसला मिलेको बताए ।
आफनो परिवार बाट टाढा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै विभिन्न कार्यक्रम गरेर कलाकारलाई यति धेरै माया गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

बागलुङ सेवा समाजका अध्यक्ष सागर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिश्वकर्मा सेवा समाज कतारका सल्लाहकार संयोजक प्रेम कुमार बिक, बागलुङ सेवा समाजका प्रमुख सल्लाहकार चन्द्रकान्त शर्मा, रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखा
का कार्यबहाक अध्यक्ष शक्ति क्षत्री, टेकसागर बिश्वकर्मा लगाएतले मन्तव्य राखेका थिए ।

बिश्वकर्मा सेवा समाज कतारका अध्यक्ष गम बहादुर बिश्वकर्मले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कृष्ण गदालले गरेका थिए ।

सोही अवसरमा रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखाले प्रतिस्ठानको उपत्यका समन्वय समितिका सचीव समेत रहेका चर्चित कलाकार प्रकाश सपूत, योगेश काजी र लगाएतलाइ सम्मान गरेको छ । प्रतिस्ठान कतार शाखाका कार्यबहाक अध्यक्ष शक्ति क्षत्री, सचिव शिवराम ढकाल लगाएतले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: