मोना यूएईको कार्यक्रम भव्य रूपमा सम्पन्न (फोटो फिचर)

म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना) युएईको आपतकालीन राहत कोषको लागि म्याग्देली सास्कृतिक कार्यक्रम सानदार तरिकाले सम्पन्न भएको छ । युएई स्थीत राजदुतावासका राजदुत महामहिम कृष्ण प्रशाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सांस्कृतिक कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष चक्र थापा र मोना अन्तर्रािष्ट्रय कार्यसमिति उपाध्यक्ष ओम नारायण जुग्जालीले सामाजिक गतिविधिमा यूएईमा रहेका म्याग्देलीले गरेको प्रयासबाट उत्साहित भएको बताए ।

सांस्कृतिक कार्यक्रममार्फत राहत कोषमा सहयोग जुटाउन आयोजित कार्यक्रममा लोक गायक रवि कार्की, डान्सर रबिना भण्डारीको नाचले माहोल तताएको थियो । ‘बेनी बजार झर मायालु’ र ‘जामसुस्तै’ म्याग्देलीलाई आफ्नै घरआगनमा भएको महसुुस दिलाएको थियो । सोही अवसरमा आफ्नो मुख्य आर्कषण मानिएको ब्यङ्यात्मक प्रस्तुतीले समेत सहभागीलाई बुरुक–बुरुक बनाएको थियो ।

म्याग्दीबाटै स्थापित भई काठमाण्डौमा लोकगित तथा विभिन्न गीतहरुमा मोडलिङ गरेकी भण्डारीको चरी उडेजस्तै नृत्यले दर्शकलाई लोभ्याएको थियो ।

यता नेपाली लोकसंगीतका नायक तथा म्याग्दीका सम्पत्ती मानिने खड्ग गर्बुजा मगरको उपस्थितीले मनोरञ्जभन्दा पनि मौलिकतामा रमाउने दर्शकलाई अवसर मिलेको थियो । ‘धौलागिरी काली सुसाउने’‘जिन्दगीमा बैमानी नगर’, ‘पानीखायो बाघैले’सँर्गै पन्चेबाजाले दर्शकलाई म्याग्दीको लोकसंगीतलाई नजिकबाट नियाल्ने अवसर दिएको थियो । मिनी महोत्सवजस्तै देबि घर्ती मगरको प्रस्तुती रहेको थियो ।

कार्यक्रममा पार्बत अर्मजा मगरको एकल नाच, जनजातिको मौलिक नृत्य सोरथीमा मादले तर्फ सुजन पुन प्रकाश उजन पाईजा र मारुनी तर्फ कुमार पाईजा, किशोर पुर्जाको भूमिका रहेको थियो ।सोही अवसरमा बेल रोकाको सरकारी जागिरे,झलक बिरही थापाको म्याग्दी बयान, बाबुराम रसाईलिको म्याग्देली सालैजो,कास्की समाज युएईका हास्यब्यङ्गे कलाकारहरु शिव कुमार श्रेष्ठ र देवि (दिपीका) गुरुङले समेत प्रस्तुती दिएका थिए । कार्यक्रमको अध्यक्षता मोना यूएईका अध्यक्ष रुद्ध रोका मगर, स्वागत वरिष्ठ उपाध्यक्ष बिक्रम अधिकारी र सञ्चालनद्धयमहासचिव सुबास राम्जाली र सञ्चालन प्रमुख सल्लाहकार प्रदिप सुबेदीले गरेका थिए ।

साभार बेनिअनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: