कसैलाई तिजको रमझम कसैलाई उपचार खर्च अभावमा मृत्युको पर्खाइ

सुनिल न्यौपाने (  गुल्मी ) – मुसिकोट नगरपालिका वडा नम्बर ५ अर्लाङ्कोट घर भइ छोराछोरीलाई राम्रो शिक्षा दिने आशाले नवलपुर गैंडाकोट मा बिगत २ बर्ष देखी डेरामा बस्दै आउनु भयकी बर्षा गौतम अहिले बिरामी भयर मृत्युको पर्खाइमा हुनुहुन्छ ।

श्रीमान श्रीमतीसँगै बस्ने परिवारसँग दुःखसुख गरेर रमाउने उदेश्यका साथ बर्षा गौतमका श्रीमान अजिप गौतमले सवारी चलाउदै आउनु भएको थियो तर दैबले त्यो खुसीको क्षण टिकाउन दिएन साउन २ गतेदेखि वर्षा गौतम बिरामी भएर भरतपुर सामुदायिक अस्पतालमामा भर्ना हुनुभयको छ। दुःखको कुरा उहाको २२ दिनको दुधे बालक आमाको काखमा हुने,पोषिलो दुध खाने बेला आमा अस्पतालको बेडमा बच्चा अरुको काखमा हुनु परेको छ ।  हालसम्म १८५००० खर्च भैसकेको र अझै केही महिना उपचारको लागि अस्पतालमा भर्ना गर्नु पर्ने भएको डाक्टरको भनाइ छ । तर उपचारमा लाग्ने खर्च अभावको कारण बर्षा अस्पतालको बेडमा छट्पटी रहेकी छन। बर्षाको अवस्था कमजोर हुँदै आयको र तत्काल पैसाको जोहो गर्न नसके उनलाई बचाउन नसक्ने बर्षाका श्रीमान अजिप गौतमले जानकारी दिए । उनले भाबुक हुँदै भने अब मेरो केही उपाय छैन सबैलाई  सक्दो सहयोग गरेर मेरी श्रीमतीलाई बचाइदिनको लागि सबै देश बिदेशमा हुने साथिभाइलाइ अनुरोध गरेका छन ।

सहयोगको लागी बर्षाका श्रीमानको नागरिकता नम्बर 41104175902( अजिप बहादुर गौतम ) मोबाइल नम्बर 9864263012

साभार – मुसिकोटखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: