साफ यू–१८ च्याम्पियनसिप ३० खेलाडी छानिए

२८ साउन, काठमाडौं । नेपालमा हुने साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि पहिलो चरणमा ३० खेलाडी छनोट भएका छन् ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार ४६ खेलाडीबाट पहिलो चरणमा ३० खेलाडी छनोट गरेका हुन् । केही दिनअघिदेखि तयारी थालेको नेपाली यू–१८ टिमले गत शुक्रबार यू–१६ टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

मुख्य प्रशिक्षक श्रेष्ठले सेप्टेम्बर पहिलो साता फाइनल टीम छनोट गर्ने बताएका छन् । २० देखि २९ सेप्टेम्बरसम्म हलचोकस्थित एपीएफ मैदानमा हुने खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत रहेका छन् ।

अन्तिम ३० मा पर्ने खेलाडी

गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना

डिफेन्डर :  विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, विशान्त बस्नेत, एलिक रुम्बा, अञ्जन महर्जन

मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिश थापा, कुशल पौडेल, नितिन थापा

फरवार्ड : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: