अमेरिकाले भिषा अस्वीकार गरेपछी चर्चित युवा क्रिकेटर सन्दीपको ट्वीट यस्तो थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई अमेरिकन राजदुताबासले अमेरिकाको भिसा नदिएको जानकारी आएको छ ।

सेप्टेम्बर चारबाट वेस्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमिएर लिगका लागि आज भिसाका लागि गएका सन्दिप खाली हात फर्केका हुन् । सन्दिपले आफुले भिसा नपाएकोमा ट्वीटर मार्फत दुखेसो ब्यक्त गरेका छन् ।

उनले लेखेका छन् ‘ म आज आगामी संस्करणको क्यारेबियन प्रिमिएर लिगका लागि भिसाको लागि अमेरिकन राजदुताबास गएको थिए । मैलें सन् २०१६ देखि नेपाली क्रिकेट टोलीका सदस्यका रुपमा विभिन्न प्रतियोगिता खेलेको छु भने विश्वका सबै लिग खेलको छु तर अचम्म लाग्दो मेरो अमेरिकाको भिसा रद्ध भयो ।’

स्रोत : क्रिकेटिङ नेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: