अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, विषय जटिल र रहस्यमय बन्दै

गएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले पैसा लिएर आफुलाई अष्ट्रेलिया ल्याएको भन्दै अष्ट्रेलियाबाट ओन्सु शेर्पा लाइभ कार्यक्रममा आए । ओन्सुले आफुमात्र नभई राजदुत लक्की शेर्पाले अन्य व्यक्तिहरुलाई पनि यसरी अष्ट्रेलिया ल्याउन भन्दै पैसा लिने गरेको बताए ।

ओन्सुका अनुसार उनलाई अष्ट्रेलिया लैजान लक्की शेर्पाले जम्मा ३३ लाख ५० हजार लिईन् । जस मध्ये ७ लाख ५० हजार लक्की शेर्पाकी आमालाई १० लाख रुपैयांको लक्की शेर्पाले किनेको सुन्दरीजल नयाँपाटीको २ रोपनी जग्गामा वाल लगाए र बाँकी पैसा लक्की शेर्पाका श्रीमान नवाङसोनाम शेर्पालाई दिएको बताए । ओन्सुको नवाङ सोनामसंग भएको छ ।

ओन्सुका अनुसार राजदुत शेर्पाले निम्पुचे शेर्पासँग १२ लाख ५० हजार पेम्वा शेर्पासँग १४ लाख र पेमा शेर्पासँंग ५ लाख ६० हजार रुपैया लिइन । जुन पैसा ओन्सु शेर्पाका नाममा पठाइयो । जस मध्ये ५ लाख ६० हजार दिने पेमा शेर्पाले बौद्धमा राजदुत लक्की शेर्पाका श्रीमान नवाङ सोनाम शेर्पालाई भेटेकी समेत थिईन् ।

ओन्सुले गराएको भेटमा राजदुतका श्रीमानले पेमालाई अन्तरवार्तानै लिएका थिए । भेटमा राजदुत शेर्पाका श्रीमानले अष्ट्रेलियामा गएपछि जे काम पनि गर्नु पर्ने भनि पेमालाई भनेको पेमा सम्झिन्छन् ।

ओन्सुले लिएको रमक मध्येको ६ लाख रुपैया उनकै श्रीमती फुलमु शेर्पाका नाममा लिइयो । तर पछि कुरा नमिलेपछि ओन्सु शेर्पाले राजदुत शेर्पाकै विरुद्ध अष्ट्रेलियाको श्रम कार्यालय र प्रहरीमा उजुरी गरे । यो सबै कुराको हल्ला चलेपछि ओन्सुले पैसा लिएका ती तीनै जनालाई अष्ट्रेलिया लान राजदुत नमानेको ओन्सु बताउछन् ।

बरु त्यसको साटो ओन्सुकी श्रीमती फुलुमुलाईनै अष्ट्रेलिया ल्याइदिने भन्दै राजदुत शेर्पाले ६४ लाख मागेको ओन्सुको आरोप छ । राजदुत लक्ली शेर्पाका श्रिमान नमाङसोनाम शेर्पालाई ओन्सु शेर्पाले ४ वर्षमा फिर्ता दिन भनि गरिएको कागज राजदुत आफैले लेखेको ओन्सु बताउँछन् । अनि ओन्सुकै श्रीमती फुलमुलाई काम गर्न अष्ट्रेलिया ल्याउन राजदुत शेर्पाले परराष्ट्र सचिवलाई निवेदन पनि लेखेका छन् ।

ओन्सु शेर्पाका अनुसार यी अक्षर र हस्ताक्षर राजदुत शेर्पा स्वयमको हो । अनि कागज गर्दा राजदुत शेर्पा र ओन्सुबीच भएको कुराकानी भएको थियो ।
अनि लक्की शेर्पाका श्रीमान नवाङ सोनाम शेर्पासँग ओन्सले पैसा लिने देखि सबै बिषयमा कुरा भएको छ । फुलमुले डकुमेन्टेसन गर्न भनि १ लाख रुपैया लक्ली शेर्पाका श्रीमान नवाङ सोनाम शेर्पालाई दिएको ओन्सु बताउँछन् । कतिसम्म भने नर्भिक अस्पतालमा उनको मेडिकल पनि गरिसकिएको थियो ।

तर त्यसैबीच ओन्सु शेर्पा र राजदुतबीच कुरा नमिलेपछि ओन्सुले राजदुत विरुद्ध केश गरे । र त्यही केश फिर्ता नगरेको भन्दै राजदुत शेर्पाले पनि ओन्सुकी श्रीमतीले विदेश लैजाने भनि मानिसहरुँंग पैसा लिएको भन्दै केश गर्न लगाएर उनलाई जेलसम्म हालिएको ओन्सुुको आरोप छ । फुलमु अहिले सुन्धारा कारागारमा छन् । विभिन्न व्यक्तिहरुसँग अष्ट्रेलिया लगिदिने भन्दै ओन्सु शेर्पाले पैसा लिएको, विश्वास दिलाउन नक्कली रोजगार पत्रहरु पठाएको देखिन्छ । यही क्रममा निम्पुचे शेर्पासँग १२ लाख ५० हजार, पेम्वा शेर्पासँग १४ लाख र पेमा शेर्पासँग ५ लाख ६० हजार रुपैया ओन्सुले लिएका छन् ।

र पैसा लिने क्रममा उनकी श्रीमती फुलुमु शेर्पा पनि संलग्न भएकाले उनी थुनामा परेकी देखिन आउछ । तर ओन्सु भने राजदुत शेर्पाकै सहमति र निर्देशनमा यी मानिसहरुसँग पैसा उठाएको बताउँछन् । औन्सुले पैसा लिएका कसैले पनि आफै स्वत स्फुर्त रुपमा मुद्धा हाल्न गएका होईनन् । सबैलाई अरुण सर भनिने वकिलले सम्पर्क गरी मुद्धा हाल्न सुझाएको कुरा पीडितहरुले हामीलाई बताए ।

तर ओन्सुका अनुसार मुद्धा हाल्न लगाउने व्यक्ति राजदुत लक्की शेर्पाकै वकिल हुन् । र आफुले राजदुत विरुद्ध अष्ट्रेलियामा केश गरे दुतावासबाट भागेपछि नेपालमा वकिल लगाएर आफु विरुद्ध मुद्धा हाल्न लगाएको ओन्सुको आरोप छ ।

पेम्वा शेर्पाका भाई निमदह शेर्पा र निम्पुचे शेर्पाले अरुण सर भन्ने वकिले फोन गरेर आफुहरुले केश गरेको बताउँछन् । यस बारे अष्ट्रेलियाका लागि नेपाली दुतावासले विज्ञप्ती जारी गरी ओन्सु शेर्पाका आरोप सबै झुट भएको र सत्य तथ्य चाडै बाहिर आउने बताएको छ । प्रारम्भिक सामाग्रीहरु अध्यन गर्दा यो विषय जटिल र रहस्यमय बन्दै गएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: