एनआरएनएका संस्थापक एवं पूर्व कोषाध्यक्ष प्रकाश पुनको पुनः एनआरएनमा कामगर्ने चाहना

हङकङ : गैर आवासीय नेपाली संघ (आइसिसी ) का भूतपूर्व कोषाध्यक्ष प्रकाश पुनले आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको नवौ महाधिवेशनमा आइसिसीमध्ये कुनै एक पदमा जाने चाहाना रहेको बताउनुभएको छ । अबको एनआरएन मुलुकको आर्थिक सम्मृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिर्दै पुनले आगामी निर्वाचनमा आइसिसीको भाइटल पोष्टमा जाने चाहाना ब्यक्त गर्नुभएको हो । विश्व सन्देशसँगको कुराकानीमा पुनले यही पदमा जाने विषयको टुंगो भने लाइनसकेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघको संस्थापक रहनु भएको पुनले २००५ देखि २००७ कार्यकालको लागि केन्द्रीय कोषाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । सामाजिक संघसंस्थामार्फत समाजसेवा गर्दै आउनुभएको पुन अहिले हङकङ नेपाल ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ । गैर आवासीय नेपालीको आवाजलाई सशक्त ढंगले उठाउँदै नेपालको सम्मृद्धि कसरी गर्न सकिन्छ र त्यसका लागि नेपाली उत्पादनलाई कसरी अन्तराष्ट्रिय बजारमा फैलाउँदै आर्थिक सम्मृद्धिमा टेवा पुर्याउन सकिन्छ भन्नेर आफू निरन्तर लागिरहेकाले एनआरएनको कुनै जिम्मेवारीमा रहेर काम गर्न चाहेको उहाँले बताउनुभयो ।

पुन स्थापनाकालमा एनआरएनए हङकङको प्रतिनिधित्व गर्दै आइसिसी सदस्य बन्नुभएको थियो । विगत लामो समयदेखि एनआरएनएको अभियानमा संस्थापक अध्यक्ष उपेन्द्र महत्तोसँगै लाग्नुभएको पुन महत्तोको कार्यकालमै आइसिसी कोषाध्यक्ष समेत बन्नुभयो । त्यसपछि २००७ देखि २००९ सम्म आइसिसी सल्लाहकारको रुपमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । एनआरएनमा विशेष गरि हङकङ, मकाउ, चीन र कोरिया एनसिसी गठनमा आफनो महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

गैर आवासीय नेपाली अभियानलाई अगाडि बढाउँदै लग्नुभएको उहाँले प्रवासभरि बसोबास गर्ने म्याग्दी जिल्लाबासीलाई एकतामा बाँध्ने कार्यमा लाग्नुभयो । एनआरएनएको आइसिसी कोषाध्यक्षको भुमिका निर्वाह गरिसकेपछि पुनले प्रवासमा बसेर समग्र म्याग्दी जिल्लाको सम्मृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेर प्रवासी नेपाली संघ स्थापना गर्नुभएको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) को स्थापना गर्दै २००९ मा दर्ता समेत गराउन सफल हुनुभयो ।

हङकङबाट शूरु गर्नुभएको म्याग्दी प्रवासी नेपाली संघ विस्तारै विश्वभरि गठन भइरहेको छ । अहिले विश्वभरि रहेका म्याग्दीबासीको बलियो संगठनको रुपमा यो संघ खडा भएको छ । मोनाको संगठन अहिले विश्वरी २५ भन्दा बढी देशमा विस्तार भइसकेको पुनले बताउनुभयो । मोनालाई प्रवासमा एनआरएनएपछिको सबैभन्दा ठूलो संस्थाको रुपमा समेत लिने गरिन्छ । मोनाले म्याग्दी जिल्लाबासीको लागि ठूलाठूला प्रोजेक्टहरु सञ्चालन गर्दै समग्र म्याग्दीबासीको विकासमा हातेमालो गर्दै आएको छ ।

नेपालको कला र नेपाली उत्पादनलाई हङकङको बजारमार्फत अन्तर्रािष्ट्रय बजारमा पुर्याउने कार्यमा निरन्तर लाग्दै आउनुभएको पुन हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्रािष्ट्रय बजारमा पुर्याउने कार्यमा ठूलो सहयोग पुगेको बताउनुहुन्छ । संघबाट पहिलो पटक २०१७ मा हर्बल र ह्यान्डीकाप्ट प्रर्दशनी आयोजना गरिएको उहाँले बताउनुभयो । २०१७ मा अन डोर प्रणालीमार्फत नेपाली हस्तकला महासंघ र हङकङ नेपाली महावाणिज्यदुतासँग मिलेर ब्यापार प्रदर्शनी आयोजना गरिएको हो । संघबाट पहिलो पटक २०१७ मा हर्बल र ह्यान्डीकाप्ट प्रर्दशनी आयोजना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, २०१९ मा पनि हर्बल र ह्यान्डीकाप्ट प्रदर्शनी सम्पन्न गरिसकिएको छ । नेपाल ब्यापार संघ हङकङको आयोजनामा आउँने अप्रिल २३ देखि २६ मा नेपाली महावाणिज्यदुतावाससँग मिलेर चीनको ग्वागंजाऊमा पनि नेपाली हस्तकला, हर्वल पोडक्ट र ह्यान्डीकाप्टको प्रर्दशनीको तयारी भइरहेको पुनले जानकारी गराउनुभयो । सो प्रर्दशनीमा १० वटा रहनेछ ।

त्यस्तै, पुनको नेतृत्वमा संघले नेपालको समग्र विकासमा विेशष योगदान गरिरहेको महावीर पुनको अबिष्कार केन्द्रलाई ४० लाख सहयोग गर्न सफल भएको छ । आविष्कार केन्द्रले बोेकेको नेपालको सम्मृद्धिको एजेन्डालाई अगाडि बढाउन संघले विशेष योगदान गरेको पुनले बताउनुभयो ।

त्यसैगरि, पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रान्तको इवीन सिटीसँग २०१७ मा भगीनी सम्बन्ध स्थापना गर्न पुनको महत्वपूर्ण योगदान छ । सीचुवान प्रान्तकै अर्को सिटीसँग पनि पोखरालाई २०१९ भित्र दोस्रो भगीनी भगीनी सम्बन्ध कायम गर्न पुन लागिपर्नु भएको छ ।

नेपालले चीनबाट लिन सकिने फाइदाका विषयमा विभिन्न स्तरमा छलफल तथा अन्र्तक्रिर्या सञ्चालन गर्दै नेपाल सरकारलाई जानकारी गराउने कार्यमा पनि उत्तिकै योगदान पुर्याउँदै आउनुभएको छ ।

साथै हङकङमा सन १९९७ मा डिपेन्डेन्ट भिसा पाएका विदेशी नागरिकलाई रिईन्टी भिसा लिएर आउनुपर्ने नियम लागू गरेपछि सो नियमलाई बदर गर्न समेत पुन सफल हुनुभएको थियो । सो नियमले १० लाख विदेशी नागरिकसहित नेपाली नागरिकलाई असुरक्षीत महसुस गराएको थियो । तर पुनको पहलमा सरकारीस्तरमा अनौपचारिक रुपमा छलफल गर्दा वेवास्था गरेपछि जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेर सो नियम बदर गराउन सफल हुनुभएको थियो ।

त्यस्तै, नेपाली र नेपाल सरकारलाई सहयोग गरेवापत विदशमा बस्ने गैर आवासीय नेपाली नागरिकमध्येबाट नेपाल सरकारबाट प्रदान गरिने दुई वटा प्रदकबाट समेत पुन विभूषित भइसक्नु भएको छ । पुन सन २००२ मा गैर आवासीय नेपालीमध्येबाट प्रदान गरिएको विरेन्द्र एैश्वर्य सेवा पदक र २००४ मा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो बाट विभूषित हुने पहिलो र अन्तिम ब्यक्ती समेत हुनुहुन्छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील पुन एनआरएनको संस्थापक हुँदै, कोषाध्यक्ष र आइसिसी सल्लाहकार, मोनको संस्थापक र अहिले नेपाल हङकङ ब्यापार संघको अध्यक्ष हुनुहुन्छ ।

साभार : विश्वसन्देश

Leave a Reply

Scroll to Top
%d bloggers like this: