एनआरएनए जापानको सचिवका लागि नागोया निवासी विष्णुप्रसाद घिमिरेले उम्मेदवारी दिने ।

गैरआवासीय नेपाली संघ जापानको (२०१९-२०२१) कार्यकालको लागि चुनावी माहोल दैनिक जसो बढ़दै ग़ैरहेको छ । यसबिचमा एनआरएन जापानको केन्द्रीय सचिवको लागि नागोयामा व्यबसाय गर्दै आऊनु भएको विष्णु प्रसाद घिमिरे उमेदवार बन्ने पक्कापक्की भएको छ । घिमिरे अन्तराष्ट्रिय साहित्य समाज जापान च्याप्टरको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । यस्तै घिमिरेले नागोया क्षेत्रको संयोजकको भूमिका पनि निर्वाह गरिसक्नु भएको छ ।

सामाजिक काममा सक्रिय घिमिरे चितवन निवासी हुनुहुन्छ । साथै उहाँ संस्थामा रहे पनि नरहे पनि एनआरएनका विभिन्न अभियानहरूमा उहाँको सक्रियता रहदै आएको उहाँका सहयात्री साथीहरूले बताउने गरेका छन ।  एनआरएनए जापान (२०१५ – २०१७ ) को अधिवेशनमा झिनो मतले सचिव पदमै पराजित भय पनि  घिमिरेको एनआरएनप्रतिको क्रियाशिलतामा भने कमि नआएका उहाँका जानकारहरूले बताऊने गरेका छन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: