मञ्जुश्री असहाय संरक्षण केन्द्रको भवन निर्माणार्थ चितवन समाज जापानको सहकार्यमा ददिवाल खड़काद्वारा सहयोग हस्तान्तरण

मञ्जुश्री असहाय संरक्षण केन्द्रको भवन निर्माणार्थ चितवन समाज जापानको सहकार्यमा ददिवाल खड़काद्वारा सहयोग हस्तान्तरण गरिएको छ । समाजसेवी तथा जापानका सफल व्यबसायी ददिवाल खड्काको नेतृत्वमा संकलन भएको १ लाख ४ हजार ५ सय रुपैयाँ भरतपुरमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

रकम मञ्जुश्री असायक केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई हस्तान्तरण गर्नुभएको थियो । रकम बुझ्दै अध्यक्ष खाँडेले सहयोगका लागि धन्यबाद दिँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा रहेको व्यक्त गर्नुभयो ।

अन्तराष्ट्रिय समन्वय समिति चितवनका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकाले आगामीदिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेश नम्वर तीनकी सांसद रिना गुरुङ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा चितवन युवा अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी, चितवन सेवा समाज बहराईनका निवर्तमान महासचिव प्रकाश लामिछाने, चितवन समाज युएईका संरक्षक सिमकान्त पाण्डे, कार्यलय सचिव इन्दिरा रेग्मी, चितवन समाज जापानका उपाध्यक्ष दिपक गौतम, महासचिव हरिचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

साभार : कालिका एफ.एम.

Leave a Reply

Scroll to Top
%d bloggers like this: