सरसफाइको क्षेत्रमा चर्चित युवा समुह WAY ग्रुप नेपालद्वारा प्रतियोगीतात्मक तीज विशेष कार्यक्रमको आयोजना ।

सरसफाइको क्षेत्रमा सक्रिय WAY ग्रुप नेपालले हरितालिका तीजको पावन अवसरमा प्रतियोगितात्मक तीज विशेष कार्यक्रम गर्ने भएको छ । ‘हप्तामा एकदिन एकछिन समाज’को लागि भन्ने मूल नारा लिएर विभिन्न क्षेत्रमा सरसफाइसँगै अन्य विविध जनचेतना कार्यक्रम गर्दै आएको WAY ग्रुप नेपाल युवाहरूमाँझमा लोकप्रियता प्राप्त गरिरहेको छ । ग्रुपले गत सोमबार १७१ औ सरसफाइ शृंखला सम्पन्न गरिसकेको छ ।

नेपाली मन, नेपाली पन –
हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने नारालाई आत्मासात गर्दै जनचेतना अभिवृद्दीको लागि पनि यो तीज गीत प्रतियोगिता गर्न लागिएको ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिनु भएको छ ।  कार्यक्रम छहारी बसपार्क (भरतपुर वडा नं. ४ को कार्यालयसंगै)  भाद्र  ७ गते गर्न लागिएको अध्यक्ष कँडेलले जनाउनु भएको छ ।

WAY ग्रुप नेपालद्वारा जारी गरिएको सूचना ।
—————————————-

नेपाली मन, नेपाली पन !
हाम्रो संस्कृति, हाम्रो पहिचान !!
—————————————
WAY ग्रुप नेपाल सगौरव प्रस्तुत गर्दछ ।
प्रतियोगीतात्मक तीज बिशेष कार्यक्रम-२०७६
सहभागी बनौं सफल पारौं !
——————————————


स्थान/समय
७ भाद्र २०७६ बिहान ठिक १०:०० बजेदेखि
छहारी बसपार्क (भरतपुर वडा नं. ४ को कार्यालयसंगै)
—————————————-
नियमहरु र पुरस्कार :
<> सरसफाई, स्वास्थ्य र वातावरणसंग सम्बन्धित मौलिक गीत हुनु पर्ने छ।
<> समुहमा ५-७ जनासम्म हुनु पर्ने छ।
<> गीत गाउने समय बढ़ीमा ८ मिनेटको हुने छ ।
<> समुहको पहिचान झल्कने ड्रेश हुनु पर्ने (स्कुल, कलेज, संघ-संस्था, आमा समुह लगाएत सबैले आफ्नो बिधालय र समुहको ड्रेशमा भाग लिन पाईने छ।)
<> भड्किलो ड्रेश र गरगहनालाई पुर्ण निशेध गरीएको छ।
<> बढिमा २० समुहलाई प्रतियोगीतामा समाबेश गराईने छ ।
<> समुह दर्ता आजैबाट गर्न सकिने छ।
<> समुह दर्ता गर्ने अन्तिम मिति २०७६ भाद्र ३ गते सम्म । सोहि दिन सम्ममा आफ्नो समुहले गाउने गीतको प्रतिलिपि आयोजक समक्ष आई पुग्नु पर्ने छ ।
<> बाध्य बाजनको व्यवस्था आयोजकले गर्ने छ ।
<> ठिक समयमा उपस्थित भई सक्नु पर्ने छ।
<> पुरस्कार राशी (फ्रेम सहितको प्रमाण पत्र र नगद पुरस्कार )
– प्रथम २० हजार
– दोस्रो १५ हजार
– तेस्रो १० हजार
– चौथो (सान्त्वना) ५ हजार
<> प्रतियोगीतामा सहभागी सबैलाई सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरीने छ ।
<> प्रवेश : निशुल्क

थप जानकारीको लागी :
यमलाल भण्डारी : ९८५५०८१७५३
दिपक गौतम : ९८६५२५५६४४
शालिकराम आचार्य : ९८४०५०५६६६
उत्तम तिवारी : ९८५५०५५१८२
सविना कंडेल : ९८४५६७२७६२
रमेश गैरे : ९८५५०५२४५५
अमृता घिमिरे : ९८६९८८५९१२ वा
आफ्नो फेसवुक साथी साथै चिनेजानेको WAY ग्रुप नेपालका जो कोहि सदस्यहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: