चुनावमा चन्दा लिएकाले सिमेन्टको मूल्य बढ्दा बोल्न सकेनौं : मन्त्री यादव

२४ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चुनावमा उद्योगीले चन्दा दिएका कारण छड र सिमेन्टको मूल्य बढाउँदा आफूहरु बोल्न नसकेको स्वीकार गरेका छन् ।

शुक्रबार नेपाल सिमेन्ट उद्योग संघले गरेको कार्यक्रममा मन्त्री यादवले चुनावमा  चन्दा दिएर उद्योगीले छड र सिमेन्टको मूल्य बढाएको बताए ।

‘चुनावको बेला थियो चन्दा लियौं तर पछि झ्याप्पै मूल्य बढाइदिनुभयो, हामी बोल्नै सकेनौं’  उनले भने,’ व्यवसायीले चन्दा दिए भनेको त पछि थाहा भयो जनताबाटै डाडेर दिने रहेछन् । अबदेखि चन्दा सामाजिक उत्तरदायित्वको कोषबाट दिनुस् ।’

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: