मध्यरातमा बैङ्कमा छिरेका युवक समात्ने सुरक्षागार्ड पुरस्कृत

२४ साउन, बारा । बाराको कलैयामा बैंकबाट रकम चोर्न छिरेका व्यक्तिलाई नियन्‍त्रणमा लिने बैंकका सुरक्षा गार्ड पुरस्कृत भएका छन् ।

कलैया उपमहानगरपालि ४ मा  रहेको एनसीसी बैंकको शाखामा रकम चोर्ने मनसायले प्रवेश गरेका १७ वर्षीय युवकलाई नियन्त्रणमा लिने सुरक्षा गार्ड साहेवप्रसाद यादवलाई जिल्ला प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले ५ हजार रुपैयाँ पुरस्कार दिएका हुन्  ।

ती युवक साउन २३ गते राति सवा १२ बजे छतबाट कम्पाउण्डमा छिरी मूल ढोकाको ताल्चा काटी भित्र प्रवेश गरी सीसीटीभी र बिजुली लाइन काटेर चोरी गर्न लागेको अवस्थामा सुरक्षागार्ड यादवले तत्काल नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए ।

यादवले चोरी गर्न छिरेका युवकलाई पक्राउ गरी प्रशंसनीय काम  गरेको र अपराध नियन्त्रण कार्यमा सहयोग गरेकाले पुरस्कृत  गरिएको प्रहरीले जनाएको छ । यादव पूर्वहवल्दार  हुन् । पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: