एलिमिनेटरमा सन्दिपले लिए दुई विकेट

क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी अन्तगर्त विनिपेग हक्स बिरुद्धको एलिमिनेटर खेलमा युवा लेग स्पिनर सन्दिप लामिछानेले चार ओभर बलिंग गर्दै ३४ रन खर्चिएर दुई विकेट हात परेका छन् ।

सन्दिपले आफ्नो पहिलो ओभरको पहिलो बलमा तथा चौथों तथा अन्तिम ओभरको चौथों बलमा विकेट निकालेका हुन् । सन्दिपले आफ्नो अन्तिम ओभरको चौथों बलमा सन्नी सोहललाई तथा पहिलो ओभरको पहिलो बलमा उमर अकमललाई आउट गराएका हुन् ।

सन्दिपले आफ्नो पहिलो ओभरमा १३, दोश्रो ओभरमा आठ तथा तेश्रो ओभरमा नौं रन खर्चिएका थिए भने अन्तिम ओभरमा मात्र चार रन खर्चिए ।

सन्दिपले आफ्नो पहिलो ओभरको पहिलो बलमा नै विकेट निकाल्दै उत्कृस्ट शुरुवात गरेता पनि त्यस पछि भने विकेट निकाल्न सकेनन् र केहि महँगो पनि साबित भए । टोलीको तेश्रो तथा आफ्नो पहिलो ओभरमा सन्दिपले एक रन बनाएका उमर अकमललाई विकेट किपर हेन्रीच क्लासेनको हातबाट क्याच थमाउँदै विकेट हात परेका हुन् ।

पहिलो बलमा नै विकेट हात पारेता पनि सन्दिपले आफ्नो पहिलो ओभरमा बाँकी पाँच बलमा १३ रन खर्चिए । सन्दिपको दोश्रो, चौथों तथा पाँचौं बलमा चौका आयो भने तेश्रो बलमा सिंगल तथा अन्तिम बल डट भयो ।

दोश्रो ओभरको पहिलो बलमा डट गरेका सन्दिपको दोश्रो, तेश्रो, चौथों तथा अन्तिम ओभरमा ब्याट्सम्यानहरुले १-१ रन जोड्न भ्याए भने पाँचौ बलमा जेपी डुमिनीले चौका प्रहार गरे । सो ओभरमा सन्दिपले मात्र आठ रन दिए ।

तेश्रो ओभरको पाँच बलमा मात्र तीन रन दिएका सन्दिपको अन्तिम बलमा जेपी डुमिनीले छक्का प्रहार गरे ।

पहिलो पारी

हेन्रीच क्लासेनको तुफानी शतकको मद्धतमा सन्दिप लामिछानेको टोली टोरन्टो न्याशनल्सले सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई २३९ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको टोरन्टोले २० ओभरमा पाँच विकेट गुमाएर २३८ रनको योगफल खडा गर्यो ।

टोरन्टोको तर्फबाट क्लासेनले ४९ बलको सामना गर्दै अविजित १०६ रन बनाए । ४८ बलमा आफ्नो शतक पुरा गरेका क्लासेनले ११ चौका र पाँच छक्का प्रहार गरे । ओपनर चिराग सुरी १६ रन बनाएर आउट भए पछि क्रिजमा आएका क्लासेनले टोरन्टोको तर्फबाट दोश्रो विकेटका लागि अर्का ओपनर रोड्रिगो थोमस सँग मिलेर ६२ बलमा १३७ रन जोडे । २० बलको सामना गरेका थोमस सात चौका र पाँच छक्काको मद्धतमा ७३ रन जोड्दै मोहम्मद इरफानको शिकार भए ।

विनिपेगका मोहम्मद इरफान र कालिम सानाले समान २-२ विकेट हात पारे ।

आजको खेलमा विनिपेग हक्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीलाई शुरुवाती ११ मा राखेको छैन भने टोरन्टो न्याशनल्सले भने युवा लेग स्पिनर सन्दिप लामिछानेलाई शुरुवाती ११ मा स्थान दिएको छ ।

सन्दिपले यस संस्करणको प्रतियोगितमा तीन खेल खेलेका छन् भने सोमपालले एक खेलमा मात्र मौका पाएका छन् । एडमोंटन रोयल्ससँगको खेलमा शुरुवाती ११ मा परेका सोमपालले ब्याटिंग तर्फ पाँच बल खेल्दै एक रनमा अविजित रहे भने दुई ओभर मात्र बलिंग गरेका उनले ३३ रन खर्चिएका थिए भने विकेट पनि हात पार्न सकेनन् । सन्दिपले भने आफुले खेलेका तीनवटा नै खेलमा १-१ विकेट लिएका थिए ।

आजको खेलमा जीत हात पार्ने टोलीले दोश्रो एलिमिनेटरमा ब्राम्पटन उल्भ्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: