जिप दुर्घटनामा बाह् घाइते

म्याग्दी, २२ साउन । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा बाह् जना घाइते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बेनी नगरपालिका–३ का ७१ वर्षीय डम्मरबहादुर छन्त्याल, ५५ वर्षका रत्नबहादुर खत्री र बेनी–७ मंगलाघाटका २५ वर्षीय विशाल शाक्यलाई पोखरा रिफर गरिएको हो । बेनपा ३ का २० वर्षीय इन्द्र बिक, ४० वर्षीया ज्ञानकुमारी श्रीस, बेनी–७ मंगलाघाटकी २२ वर्षीया शान्त शाक्य, उनकी छोरी साइदा शाक्य, बरंजाका बिक्रम सुनार, ७० वर्षीया ठेगाना नखुलेकी सुवारा सुनार, बागलुङ नगरपालिका–२ की २१ वर्षीय मञ्जु खत्री, बेनी–३ की ३८ वर्षीया भुमिदेवी खत्री र ४५ वर्षका आइतराम वि.कको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले उकालो र साँघुरो सडकमा गाडी ब्याक भएर खसेको बताउनुभयो । चालक यामबहादुर श्रीसलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

घटनास्थल पुगेका ट्राफ्रिक प्रहरी बैकुण्ठ पौडेलले गाडी सडकदेखि २५ मिटर तल खेतमा खसेको जानकारी दिनुभयो । प्रहरी र स्थानीयबासीहरुले घाइतेलाई उद्दार गरेर बेनी अस्पताल ल्याएका थिए ।

गण्डकी प्रदेशका सांसद बिनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, सदस्य शेरबहादुर केसी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रवत्ता रामकृष्ण बराइलीले बेनी अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

तस्विर धुव्रसागर शर्मा

Leave a Reply

Scroll to Top
%d bloggers like this: