तमु धीं जापानको रजत जयन्ती कार्यक्रम सम्पन्न,आधा दर्जन पत्रकार सम्मानित

तमु धीं जापानको रजत जयन्ती तथा रोधी साँझको अवसरमा आधा दर्जन पत्रकार सम्मानित गरेको छ ।
आईतवार टोकियोमा रोधी साँझ तथा रजत जयन्ती कार्यक्रमको अवसरमा सम्मान पत्र र मायाको चिनोसहित सम्मान गरेको हो ।
तमु धीं जापानकी अध्यक्ष अनिता गुरुङ्र, महासचिव चित्र गुरुङ्,नेपाली दूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र आर्याल लगाएतले सम्मान गरेको थियो ।

सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले,समुद्रापारि डट कमका तिलक मल्ल,मातृसन्देश डट कमका शान्त पहरी,नेपालजापान डट कमका कृष्ण अधिकारी,नेपालन्यूजपोस्ट डट कमका राजन गौतम,रिपब्लिस दैनिक डट कमका प्रमेश गुरुङ्
,एभरेष्टफ़ूजीन्यूज डट कमकी प्रेमिला गौचन
,गुरुङ् भिजन च्यानलबाट खड्ग गुरुङ् सम्मानित हुनूभएको थियो । तिलक मल्ल भने समय अभावले अनुपस्थित हुनू भएको थियो ।

तमु धीं जापानको रोधी साँझ लोकप्रिय पप तथा आधुनिक गाएक सर्बज्ञमान साक्य र गायिका काजल गुरुङले तताएका थिए ।

तमुहरुको मौलिक संस्कृति परम्परालाइ जिबन्त राख्न हरेक वर्ष रोधीं,ल्होसार जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै आइरहेको छ ।

तमु धी जापानले आफ्नो स्थापना कालको २५ वर्ष पुरा भएको अबसरमा संस्थाले रजत जयन्ती तथा रोधी साँझको अवसरमा पूर्व अध्यक्षहरू,सहयोगीदाता र जापानमा रही संस्थालाई सूचनाको माध्यमबाट सहयोग गराउने पत्रकारहरूलाई सम्मान गरेको कार्यक्रम संयोजक युक्तमान गुरुङले बताउनुभयो ।

रजत जयन्ती तथा रोधी साँझ औपचारिक कार्यक्रम अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा,महासचिब चित्र गुरुङले संचालन गरी सम्पन्न भएको थियो ।

फोटो : प्रमेश तमु , रिपब्लिक न्यूज

Leave a Reply

Scroll to Top
%d bloggers like this: