मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखख औसत स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको जानकारी दिएको छ ।

समग्र मौसमको अवस्था सार्वजनिक गर्दै महाशाखाले हाल पूर्वी पहाडी भाग तथा मध्य पश्चिमी भागमा बदली भइरहेको तथा पश्चिका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । त्यस्तै पूर्वी तराईको मौसम सफा रहेको पनि जनाइएको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना छ भने पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मंगलबार राति केही स्थानमा हल्का देखि zमध्यम वर्षा हुने तथा पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार दिउँसो केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने एवं राति देशभर सामान्य वदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

बिहीबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने र राति देशभर सामान्य वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: