निःसन्तान भएमा श्रीमान श्रीमती दुवैले चेकअप गर्नुपर्छः स्त्रीरोग विशेषज्ञा डा. साह

निः सन्तानको समस्या नेपालको मात्रै नभएर विश्वकै समस्या हो । यसै निःसन्तान अर्थात बाँझोपन भनेको के हो ? के बाँझोपनको दोषी महिला मात्रै हुन त ? यसै विषयबस्तुमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ६ प्रश्नमा स्त्रीरोग विशेषज्ञा डा. रंगीना साहलाई निम्त्याएको छ ।

डा. शाहका अनुसार सँगै बसेका विवाहित दम्पतिले एक वर्षसम्म कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगरेको खण्डमा पनि आफ्नो सन्तान भएन भने त्यसलाई बाँझोपन भएको भनिन्छ । तर परिवार नियोजनको साधन प्रयोग गर्दै आएको खण्डमा भने बाँझोपन भएको भन्न मिल्दैन ।

बाँझोपन हुनुमा महिला मात्रै दोषी हुदैनन्, किन भने पुरुषमा पनि बाँझोपन हुनसक्छ । यसरी परिवार नियोजनको साधन प्रयोग नगरेका दम्पतीको एक वर्षसम्म पनि सन्तान भएन भने श्रीमान श्रीमती सँगै चेकजाँच गराउनका लागि स्त्रीरोग विषेशज्ञा शाहले सल्लाह दिएकी छन् ।

बाँकी कुरा भिडियोमा हेर्नुहोस्ः

Leave a Reply

Scroll to Top
%d bloggers like this: