पर्यटनमन्त्रीको सपथ सम्पन्न , म रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको हुँ : मन्त्री भट्टराई

१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।

‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु,  उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर  प्रकृतिलाई जित्न सकेनौं.  उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु,  यसो भन्दा मलाइ गर्व छ ‘ उनले भने ।

साभार – अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: