हृदयघातका कारण जापानमा २ नेपालीको निधन

नागोया / जापान – विगत केही समय यता जापानमा नेपालीहरुको विभिन्न कारण मृतु हुने क्रम बढेको छ। हालै मात्र हृदयघातका कारण जापानमा २ नेपालीको निधन भएको छ। मृतु हुनेमा बाग्लुङ्ग , गलकोट स्थायी घर भई रोजगारीको सिलसिलामा जापानको सिजुओका बस्दै आउनु भएका झपवहादुर खत्री रहनु भएको छ। खत्री बिगत लामो समय देखि सिजुओका स्थित इन्डीयन रेष्टुरेन्टमा काम गर्दै आउनुभएको थियो । जुलाई २८ तारिक राती सुत्ने क्रममा खत्रीलाई असहज महशुस भएपछि अस्पताल पुर्‍याईएको थियो। राती नै उहाको निधन भएको थियो। मृतुको कारण हृदयघात भएकाे अस्पतालले जनाएको छ।खत्रीको जापानमानै ३१ तारिक दाहसंस्कार गरिने पारिवारिक श्रोतले वताएको छ ।

त्यसै यही जुलाई २६ तारिक रोजगारीको सिलसिलामा योक्काईची वस्दै आउनु भएका राजु श्रेष्ठको पनि हृदयघातका कारण निधन भएको छ। काठमाडौं महानगरपालिका वर्डा नं. ३ , बाँसवारी स्थायी घर भएका श्रेष्ठको काम गरेको कम्पनीले तत्काल शव नेपाल पठाउने प्रकृयामा रहेको बताइएको छ। त्यस्को लागि सबै प्रकृया पुरा गरि शवलाई योक्काईचिवाट ओसाका लगिसकिएको एनआरएनए नागोया क्षेत्रिय समितिका संयोजक श्याम सितलले बताउनु भयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: