आज बाघ दिबस

साउन १३, २०७६

काठमाडौँ। गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मार्यो । बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि मर्यो ।

माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मानिसलाई पटकपटक आक्रमण गर्ने नङ्ग्रे पोथीबाघले पश्चिम चितवनमा आतङ्क नै मच्चाएको थियो । भाले बाघले कुमरोज सामुदायिक वनमै मान्छेमाथि आक्रमण ग¥यो । तीनवटा डमरुकी माउ बाघले सन् २००४ ताका मानिसलाई आक्रमण गरेर हैरान पा¥यो । उसको एउटा डमरुलाई आक्रोशित गाउँलेले कुटेर मारे, एउटा जङ्गलमै कतै हरायो । बाँकी एउटा डमरुको नाम नारायणी राखेर सदरचिडियाखाना ल्याइएको थियो तर त्यो पनि चिडियाखानामै मरेको बाघविज्ञ डा बाबुराम लामिछाने बताउँछन् ।



उनी भन्छन्, “जङ्गलबाट भागेर सौराहा पसेको घाइते नमोबुद्ध बाघलाई बर्दिया स्थानान्तरण गरियो तर जङ्गलमा अरू बाघसँग भिड्न नसकेपछि गाउँ पस्यो । ” गाउँमा बारम्बार बाघ आउन थालेपछि त्रसित मानिसले विष खुवाएर त्यसलाई मारे । यसरी बारम्बार गाउँ पस्न थालेको बाघका विषयमा लामिछानेसहित निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल र विज्ञ डा नरेश सुवेदीले अध्ययन थाले ।

कुल बाघमध्ये करिब पाँच प्रतिशतमा बस्ती पस्ने, घरेलु पशुचौपाया र मानिसलाई आक्रमण गर्ने समस्या देखा परेको लामिछाने बताउँछन् ।

कतिपय अवस्थामा मानिसको अतिक्रमण वन क्षेत्रमा हुँदा र नदी आसपास जम्काभेट हुँदामात्र बाघले आक्रमण गर्ने खबर गोरखापत्र दैनिकमा छापिएको छ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: