स्कुल विभागको टुंगो लगाउन ओली–प्रचण्डलाई पसिना

साउन १३, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् ।

सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् ।



विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्र विवाद रहेको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि यसअघि बसेको सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउन सकेको थिएन ।

दुई नेताबीच विवाद बढेपछि पार्टीभित्र आधा दर्जनभन्दा बढी नेताहरुले स्कुल विभागको दावी गरेका छन् । स्कुल विभागको विवाद टुंगो लगाउनका लागि आइतवार अध्यक्षद्धय ओली र प्रचण्डबीच प्रधानमन्त्रीनिवास वालुवाटारमा दुईपटक छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: