लायन्स अफ बेनी पिस सिटिद्धारा रोपियो बोधिचित्त

म्याग्दी, ११ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्त रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरणमा २० वटा विरुवा रोपिएको हो ।


कार्यक्रममा क्लवका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य र निर्वतनमान अध्यक्ष लोकेश पुनमगर र लक्ष्मी हरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नेत्र महतलको उपस्थितमा विरुवा हस्तान्तरण गर्दै विरुवा रोपिएको हो ।

लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ ‘वि’ १ अन्र्तरगत स्थापना भएको क्लवले विभिन्न क्षेत्रमा क्रियाशिल भएको बताउदै यस्तो कार्यलाई निरन्तरता दिने क्लवका अध्यक्ष नरेश श्रेष्ठले बताए । क्लवले बोधिचित्तको सम्भावना रहेकाले रत्नेचौरको मन्दिरलाई छनोट गरेको थियो । कार्यक्रममा सामुदायिक क्षेत्रमा गरिएका खेतीबाट प्रत्यक्ष फाइदा लिन सकिने बताउँदै यस बर्षमा पनि निरन्तरता दिएको क्लवका निर्वतमान अध्यक्ष लोकेश पुनमगरले जानकारी दिए । क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यको उपस्थिच रहेको थियो ।


कार्यक्रममा मन्दिरका अध्यक्ष नेत्र महतले मन्दिरको बरिपरि रोपिएको विरुवाले यसको सुन्दरतामा थप सहयोग हुने बताउदै यसलाई संरक्षण गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन क्लवका सचिव विरेन्द्र श्रेष्ठले गरेका थिए । रत्नेचौरमा रातो माटो भएकाले धेरै क्षेत्रमा यसको सम्भावना रहेको छ । विरुवा हुर्किसकेपछि खासै हेरचाहको आवश्यकता नपर्ने राम्रो आम्दानी दिने भएकोले यो विरुवा पछिल्लो समय रोज्दै लगाउदै गरेका छन् । अघिल्लो बर्ष क्लवले ३० वटा विरुवामध्य १७ ओटा विरुवा सरेको छ। भने यस बर्ष निरन्तरता दिदै २० वटा विरुवा मन्दिर वरिपरि रोेपेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: