धौलागिरी कालिका हाइड्रोपावरको टिम दोहामा मोना कतारद्वारा सम्मानित।

धौलागिरी  कालिका  हाइड्रोपावरको  टिम  दोहामा  मोना  कतारद्वारा  सम्मानित  भएको    धौलागिरी  कालिका  हाइड्रोपावर  कम्पनि  लिमिटेडद्वारा  संचालन  गर्न  लागिएको  २५  मेगावाटको  म्याग्दीखोला  जलविधुत  आयोजनाको  विषयमा  कतारमा  रहेका  सर्बसाधारण  नेपालीहरुमाँझ  आयोजित  लगानि  सम्मेलन  तथा  अन्तरक्रिया  कार्यक्रमका  लागि  कतारको  दोहामा  उपस्थित  धौलागिरी  कालिका  हाइड्रोपावर  लिमिटेडका  अध्यक्ष  बिनोद  कुवर,   प्रबन्ध  निर्देशक  हर्कमान  मगर,  संचालक  समिति  सदस्य  ज्ञान  बहादुर  थापा  तथा  मानव  सेवा  आश्रम  नेपालका  अध्यक्ष  रामजी  अधिकारीलाई  म्याग्दी  प्रवासी  नेपालि  संघ  (मोना)  कतारले  गत  २६  जुलाई  २०१९  शुक्रबारको  साँझ  कतारको  नज्मास्थित  होटेल  शालिमारको  सभाहलमा  एक  भब्य  कार्यक्रमको  आयोजना  गरि  सम्मान  गरेको  थियो

सस्थाका  अध्यक्ष  तिलु  शर्मा  पौडेलको  सभापतित्वमा  सम्पन्न  उक्त  कार्यक्रममा  मोना  आइसीका  उपाध्यक्ष  तथा  मोना  कतारका  संरक्षक  प्रेम  बहादुर  विश्वकर्मा  प्रमुख  अतिथि  हुनुहुन्थ्यो  भने  विशिष्ट  अतिथिहरुमा  धौलागिरी  कालिका  हाइड्रोपावर  लिमिटेडका  अध्यक्ष  बिनोद  कुवर,  प्रबन्ध  निर्देशक  हर्कमान  मगर,  संचालक  समिति  सदस्य  ज्ञान  बहादुर  थापा,  मानव  सेवा  आश्रम  नेपालका  रामजी  अधिकारी,  मोनाआइसी  सचिव  बिक्रम  कार्की,  मोना  कतारका  प्रमुख  सल्लाहकार  रमेश  पौडेल  तथा  गण्डकी  प्रदेश  समन्वय  परिषद  कतारका  अध्यक्ष  हंशराज  ढकाल  क्षेत्री  लगायतका  महानुभावहरु  हुनुहुन्थ्यो।

मोना  कतारका  बरिष्ठ  उपाध्यक्ष  मिन  बहादुर  कार्कीको  स्वागत  मन्तब्यसंगै  अगाडी  बढेको  कार्यक्रममा  मोना  कतारकै  अर्का  उपाध्यक्ष  नरेन्द्र  फगामीले  सस्थाको  गतिबिधि    आगामी  कार्यक्रमको  बारेमा  अतिथिहरुलाई  जानकारी  गराउदै  मोना  कतारले  म्याग्दी  जिल्लामा  स्थापना  गर्न  लागेको  १०  लाख  रुपैयाको  बहुउद्देशिय  अक्षय  कोषमा  सबै  क्षेत्र    महानुभावहरुबाट  स्वतस्फुर्ट  स्वच्छिक  सहयोगको  लागि  अपिल  गर्नुभएको  थियो।   बिगत  लामो  समयदेखि  हंगकंग,  चाइना  लगायतका  देशहरुमा  ब्यबसाय  गर्दै  आउनुभएका  धौलागिरी  कालिका  हाइड्रोपावर  कम्पनि  लिमिटेडका  प्रबन्ध  निर्देशक  हर्कमान  मगर    लामो  समय  देखि   दक्षिण  कोरियामा  आफ्नो  ब्यबसाय  गर्दै  आउनुभएका  सोहि  कम्पनीका  अध्यक्षबिनोद  कुवरले    आफ्ना  अनुभव    अनुभूति  प्रस्तुत  गर्नु  भएको  थियो

प्रमुख  अतिथि  लगायतका  बिशिष्ठ  अतिथिहरुबाट  चारै  जना  सम्मानित  व्यक्तित्वहरुलाई  मोना  कतारको  लोगो  अंकित  टिसर्ट    मायाको  चिनो  वितरण  गरि  सम्मान  गरिएको  कार्यक्रमको  अन्त्यमा  कार्यक्रमका  सहजकर्ता  तथा  मोना  कतारका  महासचिव  थम  कुमार  गिरी    कार्यक्रमका  सभापति  तथा  मोना  कतारका  अध्यक्ष  तिलु  शर्मा  पौडेललेसंयुक्तरुपमाकार्यक्रमकासम्मानितव्यक्तित्वहरुतथा  धौलागिरी  कालिका  हाइड्रोपावर  कम्पनि  लिमिटेडका  अध्यक्ष,  प्रबन्ध  निर्देशक  तथा  सदस्यहरु  सामु  मोना  कतारलाई  म्याग्दीमा  सामाजिक  तथा  सेवामुलक  काम  गर्नको  लागि  आवश्यक  पर्ने  रकमको  स्थाई  श्रोत  बनाउन  स्थापना  गर्न  लागिएको  बहुउद्देशिय  अक्षय  कोषलाई  समेत  सहयोग  पुग्ने  गरि  मोना  कतारको  नाममा  उक्त  हाइड्रोपावरको  शेयरमा  ५०%  मोना  कतारले  लगानी  गर्ने    ५०  %  कम्पनीले  सहयोग  गर्ने  गरि  सहयोग  गर्न  औपचारिक  अनुरोध  गर्नुभएको  थियो।  कार्यक्रम  समापन  गर्दै  अध्यक्षतिलु  शर्मा  पौडेलले  कतारमा  दुख  गरि  कमाएको  पैसालाई  बुढेसकालको  साहरा  बनाउन  आजैदेखि  थोपा  थोपा  जम्मा  गरेर  आफ्नो  गच्छे  अनुसार  लगानी  गर्न  सबै  सहभागीहरुलाई  अनुरोध  गर्दै  कार्यक्रममको  समापन  गर्नुभएको  थियो। 

साभारनिलगिरीअनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: