नायिका बेनिशा हमालको आज जन्मदिन

नायिका बेनिशा हमालको आज जन्मदिन । १९९२ जुलाई २५ का दिन उनको जन्म गीतानगर चितवनमा भएको थियो । यस आधारमा आज उनी आफ्नो २७औं जन्मदिन मनाउँदैछिन् । स्कुल तहको अध्ययन चितवनमै पूरा गरेकी बेनिशाले उच्च शिक्षा भने काठमाडौंका विभिन्न कलेजबाट लिएकी छन् ।

२००६ देखि नेपाली रजतपटमा प्रवेश गरेकी बेनिशा मोडल, आरजे र नायिका पनि हुन् । ‘स्वर’ चलचित्रबाट डेब्यु गरेकी बेनिशाले हालै मात्र ‘ब्लाइन्ड रक्स’ चलचित्रबाट राष्ट्रिय अवार्ड जितेकी छन् । महसुस, कालोपोथी, किङ, मोक्ष, झ्यानाकुटी, घरलगायतका चलचित्रमा उनले अभिनय गरिसकेकी छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: