जुलाई २३, जापान( टोकियो)- NRNA NCC Japan युवा उपाध्यक्षमा कान्तो निर्वतमान संयोजक नवीन न्यूउरेले उमेद्वारी घोषणा गर्नु भएको छ।
गल्कोट समाज जापानको सचिव समेत रहनु भएको न्यूउरे युवाहरु माँझ अत्याधिक लोकप्रिय हुनुहुन्छ भने सामाजिक काममा त्यत्तिकै सक्रिय रहदै आऊनु भएको छ।
जापानमा जेनिथ रेमिटमा आबद्धसंगै ब्यबसाय गर्दै आउनु भएका न्यूउरे सानै उमेर देखि जापानमा सामाजिक कार्यमा सक्रिय रहदै आऊनु भएको छ।
एक कार्यकाल कान्तो संयोजक भइ सफल कार्यकाल सम्पन्न गर्नु भएको न्यूउरे बिगत ८ बर्ष देखि एनआरएनए अभियानमा प्रत्यक्ष परोक्ष सहभागि हुदै आउनु भएको छ।
पछिल्लो समयमा युवाहरुमाझ एनआरएनएप्रति देखिएको नैराश्यताबाट पाठ सिक्दै कसरी एनआरएनएलाइ सबैमाझ लोकप्रिय गराउन सकिन्छ भन्ने मुख्य कुरामा आफ्नो ध्यान केन्द्रित हुने न्यूउरेले बताउनु भएको छ। साथै बिधार्थी केन्द्रित कार्यक्रममा समेत थप सक्रिय रहने उहाँको भनाइ छ।