सञ्चालक तथा सीईओ बन्न स्नातक तह अनिवार्य पास गर्नु पर्ने

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक हुन न्यूनतम स्नातक तह पास गरेको हुनुपर्ने व्यवस्था लागू गरेको छ ।

बैंकले सोमबार निर्देशन जारी गरी सीईओ र सञ्चालकको शैक्षिक योग्यता निर्धारण गरेको हो । अब कुनै पनि वित्तीय संस्थामा स्नातकभन्दा कम योग्यता भएका सीईओ र सञ्चालक भएमा उनीहरू तुरुन्त पदमुक्त हुनेछन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया), २०७३ लागू भएपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमुख कार्यकारीको योग्यता तोकेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: