नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् ।

भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन । नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ । भारतले दिने गरेका यस्ता सास्तीबारे भने सरकारले चासो दिएको छैन ।

नमुना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ । त्यस अवधिका धेरै कृषिजन्य बस्तुको गुणस्तर घट्ने र गुम्सिएर कुहिने गरेको नेपाली व्यापारी बताउँछन् । भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको छ ।

पूर्वी नाका झापाको काँकडभिट्टा र मोरङको विराटनगरबाट भारत निकासी गर्ने कृषिजन्य बस्तुको नमुना कोलकाता लैजाँदा व्यापारीको ठूलो खर्चसमेत हुने गरेको छ । ‘हामीले लगेका कृषिजन्य बस्तुको भारतीय सीमामा परीक्षण हुँदैन, कोलकाताको प्रयोगशालामा लगेर परीक्षणपछि रिपोर्ट ल्याउनुपर्छ। त्यति काम सकिन १५ दिनसम्म लाग्ने गरेको छ,’ विराटनगरका व्यापारी अनिस श्रेष्ठले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराई र राधा खनालले लेखेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: