एनआरएन न्यूजिल्याण्डको अध्यक्षमा लाल केसीको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ(एनआरएन) न्यूजिल्याण्डको अध्यक्षका लागि बेनी नगरपालिका–४,सिंगा बास्कुना म्याग्दीका लाल केसीले उम्मेदवारी घोषणा गरेका छन् । करिव २३ बर्ष अगाडी रोजगारको सिलसिलामा न्युजिल्याण्डमा पुगेका केसीले सन् २०१९–२०२१ कार्यकालका लागि केसीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। न्यूजरल्याण्डमा रहेका नेपालीबीच ब्यापक छलफल तथा नेपालीको चाहना र आफ्नो भिजन सार्वजनिक गदैं अध्यक्षमा उम्मेदवारी दिएका केसीले ’आमूल परिवर्तनका लागी समावेशिता, पारदर्शीता र जवाफदेहीता’ भन्ने आफ्नो मुल मन्त्र रहेको बताउँदै ’नेपालीका लागी नेपाली’ महशुष गराउनु नै आफ्नो मुख्य एजेन्डा रहेको बताए ।

‘यहाँका नेपालीका आवश्यकतालाई पुरा गर्ने गरी उम्मेदवारी दिएको छु,‘सबैक्षेत्रबाट सहयोगको प्रतिबद्धताले थप उर्जा मिलेको छ’ केसीले हिमालपारि अनलाइनलाई भने ।  उनले गैर–आवासीय अभियानको मर्म अनुसार आमूल परिवर्तनका लागि आधारभूत रुपमा समावेशिता, पारदर्शिता र जवाफदेहिता जस्ता मूल्य–मान्यताहरुलाई स्थापित गर्दै अगाडी बढ्नका लागि प्रतिबद्धता जाहेर गरेका छन् । निरन्तर बढ्दो संख्यात्मक उपस्थिति संगै विकाश हुंदै गरेको बदलिदो परिवेशमा न्यू जिल्याण्डभरि बसोबास गर्ने सबै पेशा, उमेर र इमिग्रेसन स्टेट्सका सम्पूर्ण नेपालीहरु अट्न सक्ने संस्थाको रुपमा एनआरएन न्यूजिल्याण्डलाई स्थापित गर्नका लागि पहल गर्ने बताउँदै आफुँलाई साथ दिन समेत अपिल गरेका हुन् ।

आर्थिक कोष, निर्णय प्रक्रिया, व्यवस्थापन तथा जानकारी लिने–दिने सम्बन्धमा साधारण सदस्यहरु माझ अध्यावधिक सूचना समयमै सहज र खुल्ला रुपमा आदान प्रदान गर्दै पारदर्शीता कायम गर्ने बताउँदै हरेक योजनाहरु एनआरएनएकर्मीको साथबाटै तयार गर्ने केसीको भनाई छ। गुण र दोष तथा मूल्य–मान्यताका आधारमा संस्थाका सबै तहले जिम्मेवारी बोध गर्ने गराउने तथा संस्थागत मामिलाहरुमा निस्पक्ष रुपले निडर भई सहि प्रकृयामा रहेर जायज प्रश्नहरु उठाउन सकिने अनुसाशनमा आधारित परिपाटी बसाल्न पहल गर्ने जनाएका छन् । न्यूजिरल्याण्डमा ब्यवसायीक किवी खेतीमा सक्रिय रहेका केसीले कृषितर्फ उत्कृष्ट अवार्ड समेत प्राप्त गरेका छन् ।

उनले न्यूजरल्याण्डबाट विश्वबजारमा आफ्नो उत्पादनलाई लैजाने गरेका छन् । म्याग्दीको बास्कुनामा ब्यवसायीक सुन्तला खेतीका योजनाकारमध्ये मानिने केसीले बास्कुनाको सुन्तलालाई काठमाण्डौको बजारमा जोडेका थिए । सालिन तथा समाजिक कार्यकर्ताको रुपमा चिनिने केसीले कृषिमार्फत समृद्ध गाउँ र जिल्ला बनाउन सकिने बताए । आफ्नो उम्मेदवारी घोषणासँगै उनले आगामी एकसाता प्रचारप्रसार र मनोनयन दर्ता गरेपछि थप योजना बनाउने बताएका छन् । न्यूजरल्याण्डमा रहेका नेपालीले केसीको उम्मेदवारीमा उत्साहि भएका छन् । नेपालीका धेरै कार्यक्रममा सहभागी हुने केसी त्यहाँ रहेका नेपालीमा परिचित छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: