अमेरिकामा ठूलाे धनराशीकाे भलिबल प्रतियाेगिता : उपाधि बेलमोण्ट पार्ककाे पाेल्टामा

अमेरिकाको मिनेसोटामा आयोजित अन्तर स्टेट भलिबल प्रतियोगिताको उपाधी ‘बेलमोण्ट पार्क भलिबल गुप्रले हात पारेको छ । मिनेसोटाका भलिबल टिमले आयोजना गरेको प्रतियोगितामा बाल्टिमोरबाट सहभागी बेलमोण्ट पार्कका खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधी जितेका हुन्।

अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगितामा सहभागिता रहेको थियो । कोलम्बस, ओहायोलाई १ का बिरुद्ध ३ सेटमा पराजित गरेको बाल्टिमोरका खेलाडी चम्किँदा ओहायाेका खेलाडी रक्षात्मक बन्न बाध्य भएका थिए । बाल्टिमोरका खेलाडीले खेलको सुरुवाती चरणमै हावी भएपछि एक सेट आफ्नो पक्षमा पारे पनि ओहायोका खेलाडीलाई हम्मेहम्मे परेको थियो ।

तुलसी गिरीको कप्तानीमा मैदानमा प्रवेश गरेका बाल्टिमोरबाट सहभागी भएका अधिकांश खेलाडी म्याग्दीका हुन् । प्रतियोगितामा सागर मल्ल, दिनेश जिसी, मनिष बानियाँ, राजकुमार पुन, हेम छन्त्याल म्याग्दीका हुन् । त्यस्तै धुव्रराज गिरी, तुल्सी गिरी, नेत्र गुरुङ खेलेका थिए ।

बाल्टिमोरका खेलाडीको उत्कृष्ट खेलका कारण नेपाली ६ लाख ६० हजार धनराशीको पुरस्कार रहेको प्रतियोगिता जित्न सफल भएका थिए। प्रतियोगितामा दिनेश जिसीले बेस्ट स्पाइकर, नेत्र गुरुङले बेस्ट ब्लकर, मनिष बानियाँले बेष्ट प्लेयर र राजकुमार पुनले बेष्ट सेटरको उपाधी समेत प्राप्त गरेको बाल्टिमोर पार्क भलिबल गुप्रका अध्यक्ष प्रेम सिकेले बताए ।

‘अमेरिकामा आयाेजित यो अहिलेसम्मकै ठूलो धनराशीको प्रतियोगिता हो, बाल्टिमोरका खेलाडीले आफ्नो क्षमता देखाउन सफल भएका छन्,’ सिकेले भने ।यता प्रतियोगितामा उत्कृष्ट स्पाइकर हुने जिसी समेत विभिन्न खेलमा उत्कृष्ट घोषित भएका खेलाडी हुन् । म्याग्दीमा समेत भलिबलमा खेलमा उत्कृष्ट खेलाडीको रुपमा चिनिएका जिसीले अमेरिकामा आयोजित विभिन्न खेलमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

ठुलो संख्यामा नेपालीको बसोबास रहेको अमेरिकाको बाल्टिमोरमा बाल्टिमोर पार्क भलिबल गुप्रले हिन्दु तथा बौद्ध मन्दिरमा करिव १५ लाखको खेलमैदान, नेपालमा हुने विभिन्न सामाजिक तथा खेलकुद प्रतियोगितामा सहयोग गदैं आइरहेको छ । त्यस्तै बाल्टिमोरमा आयोजना हुने विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रम तथा मेलापर्वहरुमा ग्रुपले समेत सहभागीता जनाउने गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: