नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २०-२७ सम्म गण्डकी प्रदेशमा

नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई सुम्पदै प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म गराउने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद हरेक २–२ वर्षमा गराउने प्रावधान राखिएको छ । तर, विविध कारणले प्रतियोगिता २–२ वर्षको अवधिमा हुन सकेको थिएन । यसपटक भने दुई वर्षको अन्तरालमै हुन सफल भएको थियो ।आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ को नेपालगन्जमा आज समापन हुदैछ । समापनकै दौरान नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरिनेछ ।

प्रदेश १ (साविकको पुर्वाञ्चल) मा सातौ समापनकै अवसरमा नै आठौं प्रदेश ४ (मध्यपश्चिम) र नवौं (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति भएको थियो । पश्चिमाञ्चलको पोखरामा दोश्रो राष्ट्रिय खेलकुद २०४० मा आयोजना भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: