लभ्लिहिल पदमार्ग र तातोपानी कुण्ड बीच कुनै सम्बन्ध छैनः मोना

बेनी नगरपालिका मोना र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्गका बारेमा बेनीअनलाइनमा प्रकाशित समाचारप्रतिम मोनाले ध्यानर्कषण भएको जनाएको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएकोलभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य रोकिएको समाचारलाई तातोपानी कुण्डसँग जोडिएर आएको समाचारप्रति ध्यानर्कषण भएको भन्दै विज्ञप्तीमार्फत पदमार्गमा प्रवासीले सम्झौता अनुसारको आर्थिक उपलब्ध गराउने बताएको हो।

मोना आइसीका अध्यक्ष चक्र बहादुर थापा, पदमार्ग संयोजक एवम् उपाध्यक्ष ओमनारायण जुग्जाली र महासचिव मिम पूर्जाद्धार हस्ताक्षर गरिएको विज्ञप्तीमा मोनाले १० लाख बजेट पठाइसकेको जानकारी दिदैं पदमार्ग र तातोपानी कुण्डको ब्यवस्थापनमा निजी क्षेत्रको विषयमा छलफल भएको विषयका बारेमा कुनै सम्बन्ध नभएको बताइएको छ । पदमार्ग निर्माणमा सम्झौता भएअनुसार मोनाले कुल लागतको ४० प्रतिशत उपलब्ध गराउने, बेनपा ५० र १० प्रतिशत म्याग्दी उवासँघले ब्यर्होने बताउँदै मोनाले नीजी र स्थानीय तहसँग सहकार्यको वातावरणलाई थप बलियो बनाउने बताइएको छ ।

मोनाले तातोपानी नीजि क्षेत्रलाई भाडामा दिने प्रस्ताव मोनाको नभई ब्यक्तिगत भएकाले भ्रममा नपर्ने समेत अपिल गरेको छ । ६७७ मिटर पदमार्ग बनाउनुपर्नेमा हालसम्म ३५० मिटर मात्र बनेको अवस्थामा रिखार दैनिक र बेनीअनलाइनमा समाचार प्रकाशित भएको थियो । १.८ मिटर चौडाई भएको दायाँबाया दुवैतर्फ रेलीङ सहितको पदमार्ग निर्माणमा ७६ लाख रुपैया लागत अनुमान गरिए अनुसार नै हालसम्म आवश्यक पर्ने रकम पठाएकाले पदमार्गलाई समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको मोनाको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: