भारतले लगायो टिकटकमा प्रतिवन्ध

भारतको एक अदालतले निकै लोकप्रिय भिडियो एप टिकटक बन्द गर्न आदेश दिएपछि गुगलले पनि यसको पहुँचमा रोक लगाएको छ । तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले मंगलबार सो सम्बन्धी निर्णय गरेको हो ।

स्थानीय अदालतले अप्रिल ३ का दिन संघीय सरकारलाई टिकटक बन्द गर्न भनेको थियो । गुगलले एक वक्तव्यमा कुनै निश्चित एपका बारेमा आफूले टिप्पणी नगर्ने बताउँदै स्थानीय कानुनअनुसार भने चल्ने जनाएको छ ।

त्यसपछि संघीय सरकारले एप्पल र गुगललाई पत्राचार गरेर अदालतको आदेशबारेमा जानकारी गराएको सूचना प्रविधि सम्बन्धी भारतीय मन्त्रालयका अधिकारीले जानकारी गराएका थिए । टिकटकले शुरुमा भारतको न्यायप्रणालीमा आफ्नो विश्वास रहेको जनाएको थियो । सो विषयमा अर्को सुनुवाई यही अप्रिल २४ तारेखका लागि तोकिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: