नेप्लिज सेफ एसोसिएसन युकेको अध्यक्षमा पर्वत वेलफेयरका दधि आचार्य

दुई दशकदेखि बेलायतमा रेष्टुरेण्ट व्यवसायमा संलग्न दधि आचार्य नेप्लिज सेफ एसोसियन युकेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी पर्वत वेलफेयर सोसाईटी युकेका निवर्तमान अध्यक्ष पनि हुन् । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका आचार्य यसअघि नेप्लिज सेफ एसोसियसनका उपाध्यक्ष थिए । सोमबारको अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

आचार्य नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा धर्मागत चापागाईं छन् ।सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबि गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा निर्वाचित भए ।

नयाँ समितिको कार्यकाल ३ वर्षको हुनेछ । अधिवेशनमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सेना, एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य र सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन यूके पूर्व अध्यक्ष सुर्य गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकबद्ध गर्दै उनीहरुको प्रोफेसनल र व्यवसायिक विकासमा समेत सहयोग गर्ने उद्धेश्यले समाजसेवी व्यवसायी कृष्ण तिमल्सेनाको अध्यक्षतामा सन् २०१२ मा एसोसिएसन स्थापना भएको थियो ।
एसोसिएसनमा अहिले लण्डनबाहेक आसपास र लिभरपुल, मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स लगायतबाट समेत गरी करिब ७ सय नेपाली सेफहरु आबद्ध छन् । यकिन तथ्यांक नरहेपनि बेलायतमा ४ हजारको हाराहारीमा नेपाली सेफहरु कार्यरत रहेको अनुमान गरिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: